Kathmandu Press

नेपथ्यले दोलखाको स्कुलका लागि काठमाडौंमा कन्सर्ट गर्दै

काठमाडौं, फागुन ६ : नेपथ्यले भूकम्पमा भत्किएको दोलखाको भीमेश्वर नगरपालिका–२ स्थित राजकुलेश्वर निमाविका लागि काठमाडौंमा कन्सर्ट गर्ने भएको छ।

....
नेपथ्यले दोलखाको स्कुलका लागि काठमाडौंमा कन्सर्ट गर्दै

काठमाडौं, फागुन ६ : नेपथ्यले भूकम्पमा भत्किएको दोलखाको भीमेश्वर नगरपालिका–२ स्थित राजकुलेश्वर निमाविका लागि काठमाडौंमा कन्सर्ट गर्ने भएको छ।

नेपथ्यले ‘शिक्षाको लागि संगीत’ नाम दिएर फागुन १७ गते कन्सर्ट गर्न लागेको हो। काठमाडौंको भृकुटी मण्डपमा आयोजना हुने कन्सर्टबाट उठेको रकमले हेल्प नेपाल नेटवर्कसँग मिलेर भीमेश्वरको विद्यालय भवन निर्माण गरिने जनाएको छ।

यस अघि पनि नेपथ्यले भूकम्प पीडितका लागि प्रधानमन्त्री राहतकोषमार्फत सहयोग गरेको थियो। यस अघि ४० लाख लाख सहयोग रिएको ब्याण्डको व्यवस्थापन गर्दैआएका किरणकृष्ण श्रेष्ठले बताए।

‘संगीतले जगतलाई आत्मा, सोचाइलाई पखेटा, कल्पनाहरुलाई उडान र प्रत्येक कुरालाई जीवन्तता प्रदान गर्छ भन्ने भनाइ नै छ,’ हेल्प नेपाल नेटवर्कका निर्देशक रोशेन्द्रध्वज खड्काले भने, ‘हामीसँगको सहकार्यमा नेपथ्यको आगामी कन्सर्टले केटाकेटीहरुको सपनालाई पखेटा, ती साना आत्माहरुलाई आशा र दोलखालाई जीवन्तता प्रदान गर्नेभएको छ।’

दोलखाको भीमेश्वर विदालय पुनःनिर्माणको २०७३ चैत १५ गते सुरुआत गरिएको भएपनि अझैसम्म तयार हुन सकेको छैन। यो विद्यालय भवन निर्माण भएपछि करिब तीन सय विद्यार्थी भूकम्प प्रतिरोधि भवनमा पढ्न पाउनेछन्।

नेपथ्यले आफूलाई मनोरन्जनमा मात्र सीमित नराखेर सामाजिक दायित्वका क्षेत्रमा पनि धेरै अघिदेखि अग्रस्थानमा उभ्याउँदै आएको ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले बताए। ‘स–साना नानीहरुका आधारभूत शिक्षाको अधिकारलाई सुनिश्चित गर्ने यो कन्सर्टमा गाउन पाउनुलाई मैले गौरवको रुपमा लिएको छु,’ गुरुङले भने।

 

प्रकाशित मिति: १७:०७ बजे, मंगलबार, फागुन ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्