महराको संसद् जाने बाटो खुल्यो
काठमाडौं, फागुन ६ : बलात्कार अभियोगमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई संसद् जाने बाटो खुलेको छ। मंगलबारको प्रतिनिधिसभाको बैठकमा सभामुख अग....

काठमाडौं, फागुन ६ : बलात्कार अभियोगमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई संसद् जाने बाटो खुलेको छ। मंगलबारको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महरा थुनामुक्त भएको जानकारी दिएसँगै संसद् जाने बाटो खुलेको हो।
संसद् सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा मुद्दा लागेको थियो। सोमबार काठमाडौं जिल्ला अदालतले उनलाई सफाइ दिएको थियो।
अदालतले उनी थुनामुक्त गर्न सोमबार नै पत्र पठाएपछि उनी छुटेका थिए। उनले सफाइ पाएको पत्र संसद् सचिवालयमा पनि पठाएको थियो।
त्यहि पत्रका आधारमा मंगलबारको बैठकमा सभामुख सापकोटाले जानकारी दिएका हुन्। अब उनी संसद् बैठकमा सहभागी हुन पाउनेछन्।
असोज १२ गते संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए। त्यसपछि असोज १९ गते प्रहरीले पक्राउ गरेको थियो। उनी एक सय तीन दिन जेलमा बसेका थिए।











