राजस्थानमा बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको मृत्यु
काठमाडाैं, साउन २८ : राजस्थानको बन्थडी गाउँमा शनिबार राति बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको घटनास्थलमा मृत्यु भएको छ भने एक बालकसहित दुईजना गम्भीर घाइते भएका छन्। उनीहरू वैवाहिक समारोहमा सहभागी हुन सिकरबाट नागौर जाँदै थिए ।
सिकरबाट द्रुत गतिमा आइरहेको कार बन्थडी गाउँको तित्री चोकमा बससँग ठोक्किएको थियो। सात जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो भने एक नाबालक सहित दुई जनालाई डिडवानाको सरकारी बांगर अस्पतालमा प्राथमिक उपचारपछि जयपुर रिफर गरिएको एक जना सुरक्षा अधिकारीले बताएका छन्।
यसअघि शनिबार अपराह्न राजस्थानको जैसलमेरमा सीमा सुरक्षा बल (बिएसएफ) का जवान सवार ट्रक पल्टिँदा एक जवानको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए।
प्रकाशित मिति: १२:४९ बजे, आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा यात्रु बसमा आक्रमण, ४१ जनाको मृत्युशुक्रबार, मंसिर ७, २०८१