टिप्परले टेम्पोलाई ठक्कर दिँदा एकको मृत्यु ६ घाइते
सप्तरी, फागुन ६ : सप्तरीको बोदेवरसाइन नगरपालिकास्थित गौरामा मंगलबार टिप्परले टेम्पोलाई ठक्कर दिँदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ । टेम्पोमा सवार....

सप्तरी, फागुन ६ : सप्तरीको बोदेवरसाइन नगरपालिकास्थित गौरामा मंगलबार टिप्परले टेम्पोलाई ठक्कर दिँदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ । टेम्पोमा सवार ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा विहार अररिया जिल्ला मोतिहारीग्राम पञ्चाय–७ बस्ने २६ वर्षीय मोहम्मद सदाम हुसेन रहेको इलाका प्रहरी कार्यालय बोदेवरसाइनले जनाएको छ । सप्तरीको बोदेवरसाइन नगरपालिका–५ स्थित जाँजरमा सम्पन्न इस्लामिक धार्मिक सम्मेलनबाट फर्कने क्रममा टेम्पो दुर्घटना परेको थियो । दुर्घटनाका घाइते भएकाहरुको विभिन अस्पतालमा उपचार भइराखेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १४:४३ बजे, मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












