सिंगापुरमा लागुऔषध कारोबारमा संलग्न ४९ जना पक्राउ
हालै गरेको अपरेसनमा सेन्टोसा टापुको एउटा होटेल भिलामा ती संदिग्धहरू पक्राउ परेका हुन्। ती ४९ संदिग्धहरू २१ देखि ४६ वर्ष उमेर समूहका छन्। जसमध्ये ३५ सिङ्गापुरीहरू रहेको बताइएको छ।
सिङ्गापुर, साउन २७ : सिङ्गापुरको सेन्ट्रल नार्कोटिक्स ब्युरोले लागुऔषध कारोबारको आशंकामा ४९ जनालाई पक्राउ गरेको छ।
हालै गरेको अपरेसनमा सेन्टोसा टापुको एउटा होटेल भिलामा ती संदिग्धहरू पक्राउ परेका हुन्। ती ४९ संदिग्धहरू २१ देखि ४६ वर्ष उमेर समूहका छन्। जसमध्ये ३५ सिङ्गापुरीहरू रहेको बताइएको छ।
कारबाहीका क्रममा 'एक्स्टेसी' र केटामाइन लगायतका नियन्त्रित लागुऔषध र लागुऔषध सामग्री बरामद गरिएको पनि बताइएको छ। यस बारे थप अनुसन्धान जारी छ।
प्रकाशित मिति: १३:०० बजे, शनिबार, साउन २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार