Kathmandu Press

सुनिल शर्मालाई अघिल्लाे दिन पक्राउ गर्ने र अर्को दिन छाड्ने कुरा छलफलको विषय बन्नुपर्छ : लिङ्देन

गोप्य सूचनाका आधारमा प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको प्रहरी सहायक निरीक्षक दुर्गाप्रसाद यादवको कमाण्डको टोलीले नेपाल-भारत सिमानास्थित भारतबाट नेपालतर्फ आउँदै गर्दा साहलाई पक्राउ गरेको हो। 
सुनिल शर्मालाई अघिल्लाे दिन पक्राउ गर्ने र अर्को दिन छाड्ने कुरा छलफलको विषय बन्नुपर्छ : लिङ्देन

काठमाडौं, साउन २७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले कांग्रेस सांसद डा. सुनिल शर्मालाई अघिल्लाे दिन पक्राउ गर्ने र अर्को दिन छाड्ने कुरा छलफलको विषय बन्नुपर्ने बताएका छन्।

३४औं अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शनिबार पार्टी केन्द्रीय कार्यालय चाबहिलमा आयोजित रक्तदान कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले त्यस्तो बताएका हुन्। उनले सांसद शर्मालाई मात्र छाड्ने र अन्य चिकित्सकलाई थुनामै राख्ने कुरामा पनि छलफल हुनुपर्ने बताए। सत्ता पक्षका सांसद भएर सत्ता पक्षकै मन्त्रीहरुको राजीनामा माग्दा शर्मा पक्राउ परेको उनकोभनाइ थियो।

Hardik ivf

‘डा. सुनिल शर्मा पक्राउ प्रकरण यो पहिला नै अनुसन्धान सकिएर बसेको थियो। अहिले नै किन कार्यान्वयन गरियो? सुनिल शर्माले सत्ता पक्षकै सांसद भएर पनि सरकारका मन्त्रीहरु र सुन तस्कर र भ्रष्टाचारप्रति सरकार पक्षमै मन्त्रीहरुमाथि औंला उठाउनुभयो,’ उनले भने, ‘फेरि समातेर किन फेरि छोड्नुपर्ने र अरुलाई किन थुनामै राख्नुपर्ने? यसबारे अब यो छलफल हुनुपर्छ।'

अध्यक्ष लिङदेनले पार्टीले सत्तालाई प्राथमिकतामा नराखेको पनि बताए। अब नेपाली युवाहरुले राजनीति काम छैन भनेर पर बस्ने नभई राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बताए।

प्रकाशित मिति: १२:४१ बजे, शनिबार, साउन २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्