‘यो सरकार जनताको हो की विचौलियाको हो?’
काठमाडौं, फागुन ६ : कांग्रेसका सांसद डा.अमरेशकुमार सिंहले उखु किसानले भुक्तानी नपाएको भन्दै सरकारको आलोचना गरेका छन्।
मंगलबारको प्रतिनिधिसभा....

काठमाडौं, फागुन ६ : कांग्रेसका सांसद डा.अमरेशकुमार सिंहले उखु किसानले भुक्तानी नपाएको भन्दै सरकारको आलोचना गरेका छन्।
मंगलबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै डा.सिंहले उखु किसानललाई १५ दिनभित्र भुक्तानी दिने भनेर उद्योग मन्त्रालयमा मिल सञ्चालकसँग सहमति गरेपनि अहिलेसम्म भुक्तानी नपाएको भन्दै अलोचना गरेका हुन्।
उनले सरकार कसको हो भन्दै प्रश्न गरे। ‘यो सरकार किसानको हो, जनताको हो वा विचौलियाको हो?,’ उनले भने, ‘मेरै निर्वाचन क्षेत्रमा दुई मिल छन्। मिलले उखु लियो, तर पैसा दिएन। किसान ऋणमा छन्। किसानले चाँडै भुक्तानी पाउँन।’
प्रकाशित मिति: १३:२७ बजे, मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











