Kathmandu Press

निर्मला लिम्बु बनिन् कोशी प्रदेशको स्वास्थ्यमन्त्री

निर्मला लिम्बु बनिन् कोशी प्रदेशको स्वास्थ्यमन्त्री

मोरङ, साउन २६ : कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा निर्मला लिम्बु नियुक्त भएकी छिन्। प्रदेश प्रमुख परशुराम खापुङले सरकारको सिफारिसमा लिम्बूलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका हुन्।

नवनियुक्त मन्त्री लिम्बुले आजै नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम पद तथा गोपनीयताको शपथ लिएकी छिन्।

मुख्यमन्त्री उद्धव थापाले साउन १७ गते तीन जना मन्त्रीसहति मन्त्रिपरिषद विस्तार गरेका थिए।

ताप्लेजुङकी जसपा सांसद लिम्बू यसअघि हिक्मत कार्की नेतृत्वको सरकारमा पनि स्वास्थ्य मन्त्री नै थिइन्।

प्रकाशित मिति: १९:१५ बजे, शुक्रबार, साउन २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्