Kathmandu Press

महिला औद्योगिक पार्कको सञ्जाल देशैभर आवश्यक : अर्थमन्त्री महत

दक्षिण एसियाली महिला मञ्चले आज काठमाडौैँमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढिसकेको र यसको काम प्राथमिकताका साथ अघि बढाइने बताए।
महिला औद्योगिक पार्कको सञ्जाल देशैभर आवश्यक : अर्थमन्त्री महत

काठमाडाैं, साउन २६ : अर्थमन्त्री डा प्रकाशशरण महतले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा निर्माण भइरहेको नेपालको पहिलो महिला उद्यमी विशेष औद्योगिक ग्रामको सञ्जाल देशैभर विस्तार गर्न आवश्यक रहेको बताएका छन्।

दक्षिण एसियाली महिला मञ्चले आज काठमाडौैँमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढिसकेको र यसको काम प्राथमिकताका साथ अघि बढाइने बताए।

Hardik ivf

'महिला औद्योगिक पार्क निर्माणको काम अघि बढिसक्यो। यसलाई अब कसैले रोक्न सक्दैन। हेर्दा सामान्यजस्तो लाग्ने यो दूरगामी अवधारणासहितको परियोजना हो,' अर्थमन्त्री महतले भने, 'महत्वपूर्ण सुरुआत भएको छ। यसलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानुपर्छ। देशैभरि यसको सञ्जाल विस्तार गर्नुपर्छ।'

नेपालको ठूलो श्रमशक्ति विदेशिरहेकाले स्वदेशमै रोजगारी सिर्जना गर्न र उत्पादन बढाउनका लागि यो औद्योगिक पार्कले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको उनकाे भनाइ थियो। ग्रामीण र आधुनिक अर्थतन्त्र निर्माणमा महिलाको भूमिका बढिरहेको र यसलाई राज्यले पनि प्राथमिकताका साथ प्रवर्धन गर्ने नीति लिएको अर्थमन्त्री डा महतले बताए।

'देशैभरि लघुउद्यम व्यवसायमा महिलाको सहभागिता छ। घरघरमा उत्पादन भएका विभिन्न सामग्री व्यवसायीले निर्यात गरिरहेका छन्। सूचना प्रविधि क्षेत्रमा पनि सहभागिता बढ्दै गएको छ', उनले भने, 'अहिले कृषि व्यवसायमा धेरै ठुलो सम्भावना देखिएको छ। सूचना प्रविधि अर्को अवसरको क्षेत्र हो। महिला उद्यमीले उत्पादन गरेको वस्तुको प्रविधिलाई भरपूर उपयोग गरेर बजारीकरण गर्नुपर्छ।'

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल नगरपालिकाको सहकार्यमा सार्वजनिक–निजी साझेदारी अवधारणामा यस्तो ओद्योगिक पार्क निर्माण भइरहेको छ। गत जेठ दोस्रो हप्ता बसेको मन्त्रिपरिषद् बैठकले पाँचखालमा महिला उद्यमी विशेष औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको थियो।

नेपालको हरित औद्योगिक अवधारणालाई एकीकृत जलवायु परिवर्तन अनुकूल बनाउनका लागि ‘कृषि–पर्यटन हरित औद्योगिक पार्क’ लाई ब्रान्डका रुपमा प्रचार गरिने जनाइएको छ। यो परियोजना नेपालमा पहिलो र दक्षिण एसियामा दोस्रो हो। यो औद्योगिक पार्कमा कृषि खाद्य क्षेत्रका साथै पर्यटन केन्द्रित सेवा क्षेत्रसँग सम्बन्धित ५० वटा साना उद्योग स्थापना गरिने जनाइएको छ।

प्रकाशित मिति: १३:४३ बजे, शुक्रबार, साउन २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्