Kathmandu Press

कोरोनाभाइरसको उपचार गर्ने अस्पतालकै निर्देशकको मृत्यु

काठमाडौं, फागुन ६ : कोरोनाभाइरसको उद्गमस्थल चीनको वुहानस्थित वुहान अस्पतालका निर्देशकको मृत्यु भएकाे छ।

वुहानमा कोरोनाभाइरसको महामारी फैलिएप....

कोरोनाभाइरसको उपचार गर्ने अस्पतालकै निर्देशकको मृत्यु

काठमाडौं, फागुन ६ : कोरोनाभाइरसको उद्गमस्थल चीनको वुहानस्थित वुहान अस्पतालका निर्देशकको मृत्यु भएकाे छ।

वुहानमा कोरोनाभाइरसको महामारी फैलिएपछि वुहान अस्पतालका निर्देशक लिउ झिमिङ बिरामीको उपचारमा आफै खटिएका थिए। रातदिन अस्पतालमा खटिएका उनी केही दिन अघि काेराेना भाइरसकाे संक्रमणबाट बिरामी परेका थिए। उनको कोरोनाभाइरसको संक्रमणबाटै मृत्युको चीनको वुहान स्वास्थ्य आयोगले जनाएको छ।

सबैभन्दा बढी बिरामी यहि अस्पतालमा आएका थिए। धेरैको ज्यान जोगिएर यहि अस्पतालबाट घर फर्केका छन्। अझै कयौंको उपचार भइरहेको छ। उनी न्यूरोलोजिस्ट हुन्।

यस अघि कोरोनाभाइरसको महामारी फैलिने चेतावनी दिएका चिकित्सक लि वेनलङको पनि मृत्यु भएको थियो। उनले कोरोनाभाइरसको महामारी फैलिने चेतावनी दिएपछि पक्राउ गरिएको थियो। उनलाई हिरासतमै रहेकोवेला संक्रमण भएको थियो। उननको उपचार नपाएर मृत्यु भएको भन्दै चर्को विरोध भएको थियो।

अहिलेसम्म कोरोनाभाइरसको संक्रमण भएका बिरामीको उपचारमा संलग्न सात जना स्वास्थ्यकर्मीले ज्यान गुमाइसकेका छन्। उपचारमा खटिएका एक हजार सात सय स्वास्थ्यकर्मी बिरामी परेको जनाएको छ।

मंगलबार बिहानसम्मको तथ्यांकअनुसार, कोरोनाभाइरसको संक्रमणबाट एक हजार आठ सय ७३ जनाको मृत्यु भएको छ। अझै यसको संक्रमण र मृत्यु हुने क्रम रोकिएको छैन। कोरोनाभाइरसबाट संक्रमितको संख्या ७३ हजार पुगेको छ।

यसको संक्रमण चीनसहित २८ देशमा देखिएको छ।

प्रकाशित मिति: १२:०६ बजे, मंगलबार, फागुन ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्