Kathmandu Press

अतिक्रमति ७४ रोपनी वन क्षेत्रमा तारबार

लौकिनिघ्याङले सामुदायिक वनको अतिक्रमित ७४ रोपनी क्षेत्र सबडिभिजन वन कार्यालय, महादेव स्थानले खाली गराएको छ।
अतिक्रमति ७४ रोपनी वन क्षेत्रमा तारबार

काभ्रे, साउन २५ : पाँचखाल नगरपालिका वडा नं. २ स्थित लौकिनिघ्याङले सामुदायिक वनको अतिक्रमित क्षेत्र खाली गरिएको छ।

लौकिनिघ्याङले सामुदायिक वनको अतिक्रमित ७४ रोपनी क्षेत्र सबडिभिजन  वन कार्यालय, महादेव स्थानले खाली गराएको छ।

Hardik ivf

वि.सं. २०५२/०५३ देखि नै भएको उक्त स्थानको अतिक्रमण डिभिजन वन कार्यालय काभ्रे, सशस्त्र प्रहरी बल गण नं. १५, पाँचखाल, प्रहरी चौकी पाँचखाल तथा  लौकिनिघ्यग्ले सामुदायिक वनको सहयोगमा हटाइएको सब डिभिजन वन कार्यालय महादेवस्थानका वन अधिकृत हरिचन्द्र तिमल्सिनाले बताए । अतिक्रमित क्षेत्र खाली गराइ सो क्षेत्रमा ५ सय मिटर काँडेतार लगाइएको बताउँदै यो कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

लामो सयमपछि सामुदायिक वनको अतिक्रमण हटेपछि अध्यक्ष रत्नबहादुर तामाङ खुसी व्यक्त गरे। उनले डिभिजन वन कार्यालय काभ्रे , सब डिभिजन वन कार्यालय महादेवस्थान, सशस्त्र प्रहरी र नेपाल प्रहरीलार्इ सयोगका लागि धन्यवाद दिए।

डिभिजन वन अधिकृत देविचन्द्र पोख्रेलले यस्ता अतिक्रमण हटाउने कार्यलाई निरन्तरता दिने बताउँदै उक्तमा चाँडै वृक्षरोपण गरिने बताए।

प्रकाशित मिति: १६:५३ बजे, बिहीबार, साउन २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्