Kathmandu Press

आज तुवालो, आगामी तीन दिन वर्षाको सम्भावना

काठमाडौं, फागुन ६ : जल तथा मौसम विज्ञान विभागले आज देशका अधिकांश भागमा तुवालो लाग्ने र आगामी तीन दिन वर्षाका हुने जनाएको छ।

मंगलबार जल तथा म....

आज तुवालो, आगामी तीन दिन वर्षाको सम्भावना

काठमाडौं, फागुन ६ : जल तथा मौसम विज्ञान विभागले आज देशका अधिकांश भागमा तुवालो लाग्ने र आगामी तीन दिन वर्षाका हुने जनाएको छ।

मंगलबार जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा पश्चिमी वायु र न्यून चापीय क्षेत्रको असरले मौसम बदली हुने जनाएको छ।

महाशाखाका अनुसार, आज पहाडी भेगमा पश्चिमी वायुको प्रभाव रहेको छ। त्यस्तै, पूर्वि भूभागमा न्यून चापीय क्षेत्रको असर रहेको छ। जसले गर्दा दिनभर तुवालो लाग्ने र साँझ वर्षा हुनसक्ने जनाएको छ।

आज दिउसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने जनाएको छ। पूर्वी पहाडी भूभागका केही स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ। जसले गर्दा पूर्वी र मध्य पहाडी भूभागका हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

त्यस्तै, बुधबार दिउसो देशभर सामान्य बदली रहनेछ। पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति पनि देशभर सामान्य बदली रहनेछ। पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

बिहीबार दिउसो पनि देशभर सामान्य बदली रहने र केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, बिहीबार राति पनि देशभर बदली हुँदा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: १०:५४ बजे, मंगलबार, फागुन ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्