Kathmandu Press

इक्वेडरमा राष्ट्रिपतिका उम्मेदवारको हत्या

इक्वेडरको उत्तरी सहर क्विटोमा चुनावी सभालाई सम्बोधन गरेर फर्किने क्रममा कारमा चढ्नै लाग्दा ५९ वर्षीय भिसेन्सियोको टाउकोमा गोली हानी हत्या गरिएको हाे।
इक्वेडरमा राष्ट्रिपतिका उम्मेदवारको हत्या

काठमाडौं, साउन २५ : इक्वेडरमा राष्ट्रपतिका उम्मेदवार फर्नान्डो भिला भिसेन्सियोको हत्या गरिएको छ।

इक्वेडरको उत्तरी सहर क्विटोमा चुनावी सभालाई सम्बोधन गरेर फर्किने क्रममा कारमा चढ्नै लाग्दा ५९ वर्षीय भिसेन्सियोको टाउकोमा गोली हानी हत्या गरिएको हाे।

Hardik ivf

उनीमाथि तीन राउन्ड गोली प्रहार गरिएको प्रत्यक्षदर्शीले बताएका छन्। सुरक्षाकर्मीको कारबाहीमा संदिग्ध आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ।

अगस्ट २० मा हुने राष्ट्रपति निर्वाचनमा भिसेन्सियो पनि उम्मेदावर थिए। पत्रकारिताबाट राजनीतिमा आएका भिसेन्सियोले भ्रष्टाचार र अपराधिक गतिविधिकाविरूद्ध लेख्दै आएका थिए।

भिसेन्सियोको हत्याबाट आफू स्तब्ध र आक्रोशित राष्ट्रपति गुलेर्मो लासोले बताएका छन्। उनले देशमा हुँदै आएका संगठित अपराधलाई नियन्त्रण गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

लागुऔषध माफियाका कारण इक्वाडोरमा पछिल्ला दिनमा हिंसात्मक घटनामा वृद्धि भएको छ । राष्ट्रपतीय निर्वाचनमा यो विषय एक प्रमुख एजेन्डाका रुपमा रहेको छ । संगठित अपराधका कारण थुप्रै मानिसको हत्या गरिएपछि राष्ट्रपति लासोले गत महिना मात्रै तीन वटा प्रान्तमा संकटकालका साथै रात्रिकालीन कर्फ्यु लगाएका थिए ।

गत साता मात्रै उनले आफू र आफ्नो समूहलाई लागुऔषध ओसार प्रसारमा संलग्न गिरोहले धम्की दिएको बताएका थिए। इक्वेडरमा लागू औषध कारोबार र संगठित अपराध चिन्ताको विषय बनेको छ।

 

प्रकाशित मिति: ११:३० बजे, बिहीबार, साउन २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्