Kathmandu Press

अमेरिकाको भिसा लागि ६० लाख ठक्ने पक्राउ

भक्तपुर, फागुन ६ : अमेरिकाको भिसा लगाउन प्रक्रियाका लागि भन्दै ६० लाख रुपैयाँ ठग्ने दुई जना पक्राउ परेका छन्।

महानगरीय अपराध नियन्त्रण महाशा....

अमेरिकाको भिसा लागि ६० लाख ठक्ने पक्राउ
फाइल फाेटाे

भक्तपुर, फागुन ६ : अमेरिकाको भिसा लगाउन प्रक्रियाका लागि भन्दै ६० लाख रुपैयाँ ठग्ने दुई जना पक्राउ परेका छन्।

महानगरीय अपराध नियन्त्रण महाशाखा काठमाडौँको टोलीले भक्तपुरको ठिमीबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बागलुङको बागलुङ नगरपालिका–२ घर भई ललितपुर इमाडोल बस्ने ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रेप्लाञ्चोकको चौउरे देउराली घर भई इमाडोलमा बस्ने ३४ वर्षीय गणेश लामा रहेका छन्।

काठमाडौंको तार्केश्वर नगरपालिका–२ बस्ने नुवाकोटकी एक महिलालाई कुँवरले अमेरिका जानका लागि बैक ब्यालेन्स देखाउनु पर्ने भन्दै प्रलोभनमा पारेर आफ्नो बैंक खातामा ६० लाख रुपैयाँ राख्न लगाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले बताए।

उनीहरुले पैसा राखे लगत्तै बैंकका विभिन्न शाखाबाट नक्कली कागजपत्र र नक्कली सवारी चालक अनुमतिपत्र राखी रकम निकाली ठगी गरी सम्पर्कविहिन भएका थिए। उक्त सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई गएराति पक्राउ गरेको हो।

उनीहरुले अन्य तीन जनाबाट पनि झण्डै ७० लाख रुपैयाँ लिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित मिति: १०:१४ बजे, मंगलबार, फागुन ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्