Kathmandu Press

नेप्से परिसूचकमा ४१ दशमलव ०६ अंकको वृद्धि

आज दुई सय ६५ कम्पनीको ५० लाख १० हजार सात सय १८ कित्ता शेयर ७७ हजार पाँच सय एक पटक खरिदबिक्री हुँदा रू एक अर्ब ८८ करोड ८३ लाख २६ हजार चार सय ६९ बराबरको कारोबार भएको छ।
नेप्से परिसूचकमा ४१ दशमलव ०६ अंकको वृद्धि

काठमाडाैं, साउन २४ : यो साता कारोबारको लगातार तीन दिनसम्म ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज चौथो दिन भने उच्च अंकको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक ४१ दशमलव ०६ अंकले बढेर दुई हजार ६० दशमलव ९१ बिन्दुमा कायम भएको हो।

आज दुई सय ६५ कम्पनीको ५० लाख १० हजार सात सय १८ कित्ता शेयर ७७ हजार पाँच सय एक पटक खरिदबिक्री हुँदा रू एक अर्ब ८८ करोड ८३ लाख २६ हजार चार सय ६९ बराबरको कारोबार भएको छ।

म्युचुअल फन्ड शून्य दशमलव ०६ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै जीवन बीमा समूह तीन सय ४६ दशमलव ७४ र निर्जीवन बीमा समूह तीन सय १० दशमलव ५२ अंकले बढेको छ।

आज बैंकिङ समूह १२ दशमलव १९, विकास बैंक ९४ दशमलव ८५, वित्त ५८ दशमलव ६४, होटल तथा पर्यटन एक सय ८८ दशमलव ५०, जलविद्युत् ६२ दशमलव ४१ र लगानी समूह एक दशमलव २२ अंकले बढेको छ। त्यसैगरी उत्पादन तथा प्रशोधन समूह ८५ दशमलव ८७, लघुवित्त ५२ दशमलव २३, व्यापार एक सय दशमलव ७६ र अन्य समूह ४४ दशमलव २७ अंकले बढेको छ।

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ८३ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा सेन्चुरी डिभेन्चर–२०८८ को शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आइएमई लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको रू १५ करोड ५० लाख २६ हजार दुई सय दुई बराबरको दुई लाख ६६ हजार आठ सय १८ कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित मिति: १७:०१ बजे, बुधबार, साउन २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्