टिप्परको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौं, फागुन ६ : काठमाडौंमा टिप्परको ठक्करबाट फेरि अर्का एक जनाको ज्यान गएको छ ।
मङ्गलबार राति शङ्करापुर नगरपालिका ६ को धोला टोलमा टिप्पर....

काठमाडौं, फागुन ६ : काठमाडौंमा टिप्परको ठक्करबाट फेरि अर्का एक जनाको ज्यान गएको छ ।
मङ्गलबार राति शङ्करापुर नगरपालिका ६ को धोला टोलमा टिप्परले ठक्कर दिँदा स्थानीय बासिन्दा प्रविण श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ । टिप्परको ठक्करबाट घाइते भएका श्रेष्ठको उपचारको क्रममा मङ्गलबार राति नै ज्यान गएको हो ।
ठक्कर दिने ना १ क ४५६४ नम्बरको टिप्पर चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुई हप्ताअघि मात्रै कलङ्कीको अण्डरपासमा टिप्परकै ठक्करबाट दुई जनाको ज्यान गएको थियो ।
प्रकाशित मिति: ०८:२५ बजे, मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1793171455.jpg)









![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)