श्रीलंकामा आठ लाखभन्दा बढी पर्यटक भित्रिए
अगस्टको पहिलो छ दिनमा श्रीलंकामा ३० हजार ३०३ पर्यटक भित्रिएको र भारत, संयुक्त अधिराज्य र चीन अगस्ट को आगमनको लागि शीर्ष स्रोत बजार भएको एसएलटीडीएका अध्यक्ष प्रियन्था फर्नान्डोले बताए।
काेलम्बाे, साउन २४ : श्रीलंकामा यस वर्ष अगष्ट ८ सम्ममा आठ लाखभन्दा बढी विदेशी पर्यटक भित्रिएको श्रीलंका विकास प्राधिकरण ९एसएलटीडीए० ले बुधबार जानकारी दिएको छ।
अगस्टको पहिलो छ दिनमा श्रीलंकामा ३० हजार ३०३ पर्यटक भित्रिएको र भारत, संयुक्त अधिराज्य र चीन अगस्ट को आगमनको लागि शीर्ष स्रोत बजार भएको एसएलटीडीएका अध्यक्ष प्रियन्था फर्नान्डोले बताए।
श्रीलंकामा कोभिड–१९ को महामारी र आर्थिक तथा राजनीतिक संकटका कारण विदेशी मुद्रा आर्जन गर्ने प्रमुख मुलुकमध्येको एक पर्यटन क्षेत्र धरासायी भएको छ। सन् २०२२ मा दक्षिण एसियाली राष्ट्रमा सात लाख २० हजारभन्दा कम पर्यटक आएका थिए।
यद्यपि, आधिकारिक तथ्यांकअनुसार सन् २०२३ मा यो उद्योगमा सुधार आएको छ। सन् २०२३ को जुन महिनामा सबैभन्दा बढी एक लाख ४३ हजार ३९ पर्यटक नेपाल भित्रिएका छन्।
प्रकाशित मिति: १२:२८ बजे, बुधबार, साउन २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार