पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
काठमाडौं, फागुन ५ : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ।
निगमले सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डि....

काठमाडौं, फागुन ५ : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ।
निगमले सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँले घटाएको हो।
पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली अनुसार मूल्य घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। उनका अनुसार अब पेट्रोल १०८, डिजल र मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ पर्नेछ।
यसअघि पेट्रोलको मूल्य प्रतिलिटर ११० र डिजल तथा मट्टितेल प्रतिलिटर ९९ रुपैयाँ थियो।
खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै रहेको प्रवक्ता गोइतले जानकारी दिए।
प्रकाशित मिति: १९:५७ बजे, सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1793171455.jpg)









![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)