Kathmandu Press

कारागारबाट यसरी निस्किए पूर्वसभामुख महरा (फोटो फिचर)

काठमाडौं, फागुन ५ : संघीय संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको मुद्दामा सफाइ पाएका पूर्वसभामुख कृष्णबहाद....

कारागारबाट यसरी निस्किए पूर्वसभामुख महरा (फोटो फिचर)

काठमाडौं, फागुन ५ : संघीय संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको मुद्दामा सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महरा कारागारबाट रिहा भएका छन्। 

जिल्ला अदालत काठमाडौंले सोमबार पूर्वसभामुख महरालाई बलात्कार मुद्दामा सफाइ दिएको थियो। सफाइ पाएसँगै महरा डिल्लीबजार कारागारबाट रिहा भएका हुन्। महरालाई कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरेका थिए।

Hardik ivf

कारागारबाट छुटेपछि पूर्वसभामुख महराले आफूलाई न्याय दिलाउने अदालतप्रति कृतज्ञता प्रकट गरेका हुन्। उनले कारागारमा रहँदा सहयोग र सद्भाव व्यक्त गर्ने प्रशासन, प्रहरी, कैदीबन्दी र आफूलाई शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद पनि दिएका छन्। 

‘मलाई न्याय दिलाउने सम्मानित अदालतप्रति कृतज्ञता प्रकट गर्दछु । कारागारमा रहदा सहयोग र सद्भाव व्यक्त गर्ने प्रशासन, प्रहरी, कैदी बन्दी र मलाई शुभेच्छा प्रकट गर्ने सबैमा धन्यवाद व्यक्त गर्दछु,’ महराले भने,‘अरु कुरापछि गरौंला।’

महरा डिल्लीबजार कारागारबाट बाहिरिँदा नेकपाका कार्यकर्ताहरुले महरा सर जिन्दाबाद, अदालतलाई धन्यवाद, एमसीसी चाहिँदैन, नेकपा जिन्दावाद भन्दै चर्को नाराबाजी गरेका थिए। 

यसअघि काठमाडौं जिल्‍ला अदालतले महरालाई बलात्कार प्रयासको मुद्दामा कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर सोमबार जिल्ला  अदालत, काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो।

पीडितले अदालतसमक्ष गरेको बकपत्र र फरेन्सिक रिपोर्टका आधारमा महराले सफाइ पाएको अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए। 

संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा गत असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए। 

प्रकाशित मिति: १८:०५ बजे, सोमबार, फागुन ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्