Kathmandu Press

बलात्कार प्रयासको मुद्दामा पूर्वसभामुख महराले पाए सफाइ

काठमाडौं, फागुन ५ : संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन्।<....

बलात्कार प्रयासको मुद्दामा पूर्वसभामुख महराले पाए सफाइ

काठमाडौं, फागुन ५ : संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन्।

सोमबार महराविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतले सफाइ दिएको हो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलले महरालाई सफाइ दिएका हुन्। संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा उनी थुनामा रहेका थिए। यसअघि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।

उनी जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका थिए। उच्च अदालतले एक महिनाभित्र फैसला गर्न आदेश दिएको थियो। आइतबार बहस सकिएपनि फैसला लेख्न ढिला भएको भन्दै मुद्दालाई हेर्दाहेर्दैमा राखिएको थियो। तर, सोमबार अदालतले महरालाई सफाइको फैसला सुनाएको हो।

पूर्वसभामुख महराको तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, लव मैनाली, शेरबहादुर केसी, भिमार्जुन आचार्य, सविता भण्डारी बराल, अधिवक्ताहरु दिनमणि पोखरेल, सुशील सापकोटा र मुरारी सापकोटाले बहस गरेका थिए।

उनीमाथि असोज १२ गते संसद सचिवालयकी कर्मचारीले बलात्कारको प्रयास गरेको आरोप लगाएका थिइन्। त्यसपछि उनले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए।

उनले राजीनामा दिएपछि असोज १९ गते प्रहरीले पक्राउ गरेको थियो।  

प्रकाशित मिति: १७:१७ बजे, सोमबार, फागुन ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्