Kathmandu Press

‘प्रोक्युरमेन्ट क्लिनिक’ सञ्चालन गरिने : सचिव रेग्मी

सार्वननिक खरिदका विषयमा आएका चुनौती सहभागीबाट व्यक्त गर्ने र विज्ञले ती समस्या समाधानका तरिका बताइदिने गरी ‘प्रोक्युरमेन्ट क्लिनिक’ अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्न लागेको सचिव डा दामोदर रेग्मीले जानकारी दिए।
‘प्रोक्युरमेन्ट क्लिनिक’ सञ्चालन गरिने : सचिव रेग्मी

काठमाडाैं, साउन २२ : सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रोक्युरमेन्ट क्लिनिक सञ्चालन गर्ने भएको छ।

सार्वजनिक खरिद कार्य जटिल र प्राविधिक विषय भएकाले खरिद इकाइ र खरिद कार्यमा संलग्न जनशक्तिको क्षमता विकास तथा उनीहरुलाई सार्वजनिक खरिदका विषयमा आइपरेका समस्या समाधान गर्ने उद्देश्यले उक्त क्लिनिक बनाउन लागिएको हो ।

Hardik ivf

सार्वननिक खरिदका विषयमा आएका चुनौती सहभागीबाट व्यक्त गर्ने र विज्ञले ती समस्या समाधानका तरिका बताइदिने गरी ‘प्रोक्युरमेन्ट क्लिनिक’ अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्न लागेको सचिव डा दामोदर रेग्मीले जानकारी दिए।

उनले भने, 'प्रोक्युरमेन्ट क्लिनिक एउटा सफल अन्तर्राष्ट्रिय अभ्यास भएको र यस विधिबाट खरिद कार्यमा संलग्न जनशक्तिको क्षमता विकास गर्न सकिने भएकाले स्थानीय तह र प्रदेश समेतका कर्मचारीको लागि छिट्टै प्रोक्युरमेन्ट क्लिनिक सञ्चालन गरिने छ।'

सार्वजनिक खरिद प्रक्रिया आफैंमा प्राविधिक विषय भएको र यसका कानुन जटिल प्रकृतिका भएकाले सरल निर्देशिका तयार गरी यो जटिलतालाई सरल बनाउने दिशामा कार्यालयले गृहकार्य गरिरहेको छ। संघीय कार्यालयका अतिरिक्त प्रदेश र स्थानीय तहका कार्यालयले अनुभूत गरेका समस्या समाधान गर्न यथाशीघ्र सरल निर्देशिका तयार गरिने छ।

प्रदेश र स्थानीय तहमा खरिद कार्यको क्षमता अभिवृद्धि गर्न विद्युतीय खरिदका तालिम सघन रुपमा सञ्चालन गरिने सचिव डा रेग्मीले जानकारी दिए।

प्रकाशित मिति: १२:०१ बजे, सोमबार, साउन २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्