नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेले सम्हालिन् पदभार
काठमाडौं, फागुन ५ : नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले पदभार ग्रहण गरेकी छिन्।
सोमबार शीत....

काठमाडौं, फागुन ५ : नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले पदभार ग्रहण गरेकी छिन्।
सोमबार शीतलनिवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ लिएलगत्तै मन्त्रालय पुगेर मन्त्री तुम्बाहाङ्फेले पदभार सम्हालेकी हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तुम्बाहाङ्फेलाई कानूनमन्त्रीमा सोमबार बिहान नियुक्त गरेकी थिइन्।
यसअघि तुम्बाहाङ्फेले उपसभामुख पदबाट राजीनामा दिएकी थिइन्।
प्रकाशित मिति: १७:१२ बजे, सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1793171455.jpg)









![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)