Kathmandu Press

बलात्कार प्रयासको मुद्दामा सफाइ पाएपछि महरालाई प्रचण्डको पहिलो फोन, दिए बधाई 

काठमाडौं, फागुन ५ : संसद सचिवालयमा कार्यरत एक महिलालाई बलात्कारको प्रयास गरेको मुद्दामा अदालतबाट सफाइ पाएलगत्तै पूर्वसभामुख कृष्णबहादुर महरा....

बलात्कार प्रयासको मुद्दामा सफाइ पाएपछि महरालाई प्रचण्डको पहिलो फोन, दिए बधाई 
रिवाज राई

काठमाडौं, फागुन ५ : संसद सचिवालयमा कार्यरत एक महिलालाई बलात्कारको प्रयास गरेको मुद्दामा अदालतबाट सफाइ पाएलगत्तै पूर्वसभामुख कृष्णबहादुर महरालाई नेकपाका अध्यक्ष पुष्पकमल दाहालले फोन गरेका छन्। 

सोमबार काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख महरालाई सफाइ दिएको थियो। अदालतको फैसला आएलगत्तै प्रचण्डले महरालाई फोन गरी बधाई दिएको स्रोतले जनाएको छ। 

महरा प्रचण्डका खास सहयोगी मध्येका एक हुन्। महत्वपूर्ण निर्णय लिनु अघि प्रचण्डले महरासँग परामर्श लिने गर्दथें। 

महरा डिल्लीबजार कारागारबाट बाहिरिँदा नेकपाका कार्यकर्ताहरुले महरा सर जिन्दाबाद, अदालतलाई धन्यवाद, एमसीसी चाहिँदैन, नेकपा जिन्दावाद भन्दै चर्को नाराबाजी गरेका थिए। 

यसअघि काठमाडौं जिल्‍ला अदालतले महरालाई बलात्कार प्रयासको मुद्दामा कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर सोमबार जिल्ला  अदालत, काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो।

पीडितले अदालतसमक्ष गरेको बकपत्र र फरेन्सिक रिपोर्टका आधारमा महराले सफाइ पाएको अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए। 

संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा गत असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए। बलात्कारको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए। 

प्रकाशित मिति: १६:३१ बजे, सोमबार, फागुन ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्