Kathmandu Press

गरिमा धानको बीउ भन्दै अन्य बीउ वितरण गर्ने १७ फर्म कारवाहीमा

काठमाडौं, फागुन ४ : गरिमा जातको धानको बीउ भन्दै अन्य धानको बीउ गर्ने १७ फर्म कारवाहीमा परेका छन् । किसानले वाणिज्य आपूर्ति तथा उपभोक्त संरक्षण विभागमा....

गरिमा धानको बीउ भन्दै अन्य बीउ वितरण गर्ने १७ फर्म कारवाहीमा

काठमाडौं, फागुन ४ : गरिमा जातको धानको बीउ भन्दै अन्य धानको बीउ गर्ने १७ फर्म कारवाहीमा परेका छन् । किसानले वाणिज्य आपूर्ति तथा उपभोक्त संरक्षण विभागमा उजुरी दिएपछि विभागले कारवाही थालेको हो । 

विभागका महानिर्देशक नेत्र सुवेदीले किसानको उजुरीपछि गठित टोलीले स्थलगत रुपमा अनुगमन तथा निरीक्षण गरेर फर्मलाई कारवाही तथा गरेको बताए । बीउ आयातकार्तालाई तीन लाख रुपैयाँ र अन्य बिक्रेतालाई दुई लाख रुपैयाँको दरले जरिवाना तोकिएको छ, उनले भने । 

कारवाहीमा परेको १७ फर्म मध्ये लमही नगरपालिका ३ दाङको सनराइज एग्रीकल्चर रिसर्च प्रालिलाई तीनलाख रुपैयाँ जरिवाना गरिएको छ । साथै, अन्य १५ फर्मलाई दुई लाख रुपैयाँ र एक फर्मलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ । 

विभागले १७ वटा फर्मबाट ३१ लाख २० हजार रुपैयाँ राजश्व संकलन गरेको छ। 

११ सय फर्मको अनुगमन

विभागले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा एक हजार १ सय ६४ वटा फर्मको अनुगमन गरेको जनाएको छ। उक्त फर्मलाई विभागले एक करोड सात लाख ८२ हजार रुपैयाँ जरिवाना गरेको छ । जस मध्ये दुई फर्ममाथि मुद्दा दायर भएको छ ।

त्यस्तै अनुगनका क्रममा उपयोगहिन भेटिएका एक करोड ५३ लाख ६६ हजार नौ सय ८८ रुपैयाँ बराबरको वस्तु नष्ट गरिएको विभागले जनाएको छ।  

चालू आवको हालसम्म विभागले कुल १४ करोड ६६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

प्रकाशित मिति: १६:०६ बजे, सोमबार, फागुन ५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्