Kathmandu Press

बंगलादेशमा डेङ्गुका बिरामी ६४ हजार

शनिबार थप १० जनाको मृत्यु भएको र  दुई  हजार चार सय ९५ जना बिरामी थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बंगलादेशमा डेङ्गुका बिरामी ६४ हजार

काठमाडाैं, साउन २१ : लामखुट्टेको टोकाइबाट हुने घातक रोग डेङ्गु लागेर बंगलादेशमा तीन सय तीन जनाले ज्यान गुमाएका छन्भने ६४ हजार बिरामी भएका छन्। 

शनिबार थप १० जनाको मृत्यु भएको र  दुई  हजार चार सय ९५ जना बिरामी थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार यस वर्ष हालसम्म देशमा पुष्टि भएका बिरामीको सङ्ख्या ६४ हजार पुगेको छ। डेङ्गु लागेर तीन सय तीन जनाले ज्यान गुमाएका छन्।    

दक्षिण एसियाली देश बंगलादेशमा गत महिना डेङ्गुबाट पीडित हुने र ज्यान गुमाउनेको सङ्ख्या अत्यधिक रहको महानिर्देशनालयले जनाएको छ। गत महिना दुई सय चार जनाको मृत्यु भयोभने ४३ हजार आठ सय ५४ जना नयाँ बिरामी थपिएका थिए। 

प्रकाशित मिति: १५:०७ बजे, आइतबार, साउन २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्