Kathmandu Press

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तीन वर्षको जेल सजाय

अदालतको फैसला लगत्तै खानलाई खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको बिबिसीले जनाएको छ। इस्लामावादको जिल्ला तथा सेसन अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवाना तोकेको हो।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तीन वर्षको जेल सजाय

इस्लामावाद, साउन २० : पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफका अध्यक्ष इमरान खानलाई ट्रयाल कोर्टले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको छ। 

अदालतको फैसला लगत्तै खानलाई खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको बिबिसीले जनाएको छ। इस्लामावादको जिल्ला तथा सेसन अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवाना तोकेको हो।

Hardik ivf

इमरानको पार्टी तेहरिक–ए–इन्साफले यसलाई पूर्वाग्रहपूर्ण भएको भन्दै निर्णयविरुद्ध सर्वोच्च अदालत जाने बताएको छ। पार्टीका प्रवक्ताले वक्तव्यमा ‘इतिहासकै सबैभन्दा नराम्रो मुद्दामा एक पूर्वाग्रही न्यायाधीशले न्यायको हत्या गर्ने प्रयास गरेको उल्लेख गरेका छन् ।

पाकिस्तान निर्वाचन आयोगका एक अधिकारी अमजद परवेजले अदालतको यो सजायपछि इमरान खान पाँच वर्षसम्म निर्वाचनमा भाग लिन अयोग्य ठहरिने बताएका छन्।

खान सन् २०१८ मा पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। तर २०२२ अप्रिलमा उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भयो। विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी अपदस्त भएका थिए। कुल ३४२ सदस्यीय सदनमा प्रस्तावको पक्षमा १७४ सदस्यले मतदान गरेका थिए।

प्रकाशित मिति: १५:०६ बजे, शनिबार, साउन २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्