चीनको जिलिनमा भीषण वर्षा, एकको मृत्यु, चार बेपत्ता

चाङ्चुन, साउन २० : चीनको उत्तरपूर्वी जिलिन प्रान्तको शुलान शहरमा भारी वर्षाका कारण एक जनाको मृत्यु हुनुको साथै चार जना बेपत्ता भएका छन्।
बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार शुलानमा करिब १ लाख ३४ हजार मानिस वर्षाका कारण प्रभावित भएका छन् भने १४ हजार ३ सयभन्दा बढी विस्थापित भएका छन्।
शुलानमा मङ्गलबार रातिदेखि लगातार वर्षा भइरहेको छ। दिउँसो ३स्०० बजेसम्म शुक्रबार औसत वर्षा १११।७ मिलिमिटर पुगेको थियो।
प्रकाशित मिति: १२:२१ बजे, शनिबार, साउन २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












