कांग्रेस आईका नेता राहुल गान्धीको सांसद पद सर्वोच्च अदालतबाट जोगियो
भारतीय सञ्चारमाध्यमहरूले न्यायाधीशत्रय बीआर गवई, पीएस नरसिम्हा तथा संजय कुमारको संयुक्त इजलासले राहुल गान्धीलाई सजाय गर्नु नपर्ने आदेश दिएको बताएका छन्।काठमाडौं, साउन १९ : भारतको सर्वोच्च अदालतले कांग्रेस आइका नेता राहुल गान्धीको सांसद पद निलम्बन गर्ने निर्णय फुकुवा हुने निर्णय दिएको छ।
शुक्रबार भारतको सर्वोच्च अदालतले गान्धीलाई यसअघि तल्लो तहका अदालतले गरेको सजायमा रोक लगाएको हो।
भारतीय सञ्चारमाध्यमहरूले न्यायाधीशत्रय बीआर गवई, पीएस नरसिम्हा तथा संजय कुमारको संयुक्त इजलासले राहुल गान्धीलाई सजाय गर्नु नपर्ने आदेश दिएको बताएका छन्।
ट्रायल कोर्टले अधिकतम सजाय दिने कुनै कारण नबताएको सर्वोच्चको अन्तिम फैसलामा जनाइएको छ। सन् २०१९ मा सूरतको तल्लो तहको अदालतले गान्धीलाई २ वर्षको सजाय सुनाएको थियो। उक्त फैसलालगत्तै लोकसभाले गान्धीको सदस्यता खारेज गरिदिएको थियो।
‘यसमा कुनै शंका छैन की राहुल गान्धीको लवज राम्रो थिएन र सार्वजनिक जीवनमा कुनै पनि व्यक्तिलाई सार्वजनिक रूपमा केही बोल्नु अगाडि सचेत हुनुपर्छ भन्ने हेक्का हुनुपर्छ,’ न्यायाधीशहरूको संयुक्त बेन्चले फैसलामा भनेको छ।
गान्धीले एक सभामा समग्र मोदी थरलाई मुछेर नरेन्द्र मोदी लक्षित आपत्ति जनक अभिव्यक्ति दिएका कारण मुद्दा खेप्दै आएका थिए।