आरआर क्याम्पसका दुई विद्यार्थी समूहबीच हानाहान
काठमाडौं, फागुन ५ : काठमाडौंको भृकुटीमण्डप, प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) का दुई समूहबीच कुटाकुट भएको छ। सोमबार बिहान नेप....

काठमाडौं, फागुन ५ : काठमाडौंको भृकुटीमण्डप, प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) का दुई समूहबीच कुटाकुट भएको छ। सोमबार बिहान नेपाल विद्यार्थी संघ र अनेरास्ववियूबीच क्याम्पस भित्रै ढुंगा, इँट्टा हानाहान भएको हो ।
झडपपछि क्याम्पसमा प्रहरी परिचालन गरिएको छ । साथै, प्रहरीमा झडपमा संलग्न ६ विद्यार्थीलाई नियन्त्रण लिएको छ । पक्राउ परेका नेविसंघका पुष्कर बास्तोला, सञ्जिव ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरूङ र विकु खड्कालाई नियन्त्रणमा लिएर महेन्द्र पुलिस क्लव भृकुटीमण्डपमा राखेको छ।
नेविसंघले आफ्ना कार्यकर्तामाथि अनेरास्ववियूले आक्रमण गरेको दाबी गरेको छ। तर अनेरास्ववियूले भने झगडा सांगठानिक नभएको बताएको छ।











