Kathmandu Press

राष्ट्रपति पुटिन र अफ्रिकी नेताहरू युक्रेनमा वार्ता जारी राख्न सहमत : क्रेमलिन

क्रेमलिनका प्रेस सचिव दिमित्री पेस्कोभले रुसको तास समाचार एजेन्सीलाई वार्ता जारी रहने बताए पनि अहिलेसम्म मिति बने एकिन नभएको बताएका छन्।
राष्ट्रपति पुटिन र अफ्रिकी नेताहरू युक्रेनमा वार्ता जारी राख्न सहमत : क्रेमलिन

मस्को, साउन १९ :  रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनमा शान्ति मिसनमा संलग्न सात अफ्रिकी देशका नेताहरू वार्ता जारी राख्न सहमत भएका छन्। रुसी अधिकारीले बिहीबार यसबारे जानकारी दिएका छन्।

क्रेमलिनका प्रेस सचिव दिमित्री पेस्कोभले रुसको तास समाचार एजेन्सीलाई वार्ता जारी रहने बताए पनि अहिलेसम्म मिति बने एकिन नभएको बताएका छन्।

दक्षिण अफ्रिकाका अधिकारीहरूले बिहीबार पुटिन र अफ्रिकी शान्ति मिसनले जुलाईको अन्त्यमा सेन्ट पिटर्सबर्गमा भएको रूस-अफ्रिका शिखर सम्मेलनको छेउमा बैठकपछि संयुक्त वक्तव्य जारी गरेका थिए।  दक्षिण अफ्रिकाको नेतृत्वमा रहेको मिसनमा कोमोरोस, सेनेगल, जाम्बिया, इजिप्ट, रिपब्लिक अफ कङ्गो र युगान्डा पनि सामेल छन्।

सो विज्ञप्तिमा भनिएको  छ नेताहरूले वार्ता जारी राख्न सहमत भएको  र रूसी अन्न र मल निर्यातमा प्रतिबन्ध हटाउन पनि अगाडि बढेको जनाइएको छ।   अहिलेको ग्रीष्म याम यस्तो वार्ताको दोस्रो चरण थियो। पहिलो जुन १७ मा भएको थियो। पहिले  वार्ताका सन्दर्भमा ताष्ट्रपति पुटिनल मस्को कीभसँग वार्ताका लागि खुला रहेको बताएका थिए। 

गत जुनमा  अफ्रिकी शान्ति प्रतिनिधिमण्डलले युक्रेन र रुसको भ्रमण गरेको र दश(बुँदे शान्ति योजना प्रस्तुत गरेको थियो। सो योजनाले वार्ता र कूटनीतिक माध्यमबाट द्वन्द्व अन्त्य गर्न र दुबै पक्षमा बढ्दो तनाव कम गर्न आह्वान गरेको थियो।

प्रकाशित मिति: १४:३५ बजे, शुक्रबार, साउन १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्