स्मार्ट पार्किङबाट चार महिनामा २४ लाख आम्दानी
काठमाडौं, फागुन ५ : काठमाडौं महानगरपालिकाले स्मार्ट पार्किङबाट चार महिनामा २४ लाख ६१ हजार दुई सय रुपैयाँ संकलन गरेको छ। पहिलो किस्तावाफत राजस्व संकलन ....

काठमाडौं, फागुन ५ : काठमाडौं महानगरपालिकाले स्मार्ट पार्किङबाट चार महिनामा २४ लाख ६१ हजार दुई सय रुपैयाँ संकलन गरेको छ। पहिलो किस्तावाफत राजस्व संकलन गरेको हो।
स्मार्ट पार्किङका लागि ह्रिल्स ट्रलियास कम्पनी र महानगरबीच चार–चार महिनामा रकम भुक्तानी गर्ने सम्झौता भएको थियो। स्र्माट पार्किङबाट संकलन भएको रकम २० प्रतिशत महानगर र ८० प्रतिशत ह्रिल्स ट्रलियास कम्पनीले लिने सम्झौता थियो।
काठमाडौं नगरपालिकाले स्मार्ट पार्किङको लागि पाँच स्थान तोकेको छ। न्युरोडका रामेश्वरम, विशाल बजार, खिचापोखरी, धर्ममथ र पाकोमा स्मार्ट पार्किङको व्यवस्था गरिएको छ।
तीन स्थानमा दुईपांग्रे र दुई स्थानमा चारपांग्रे पार्किङको लागि छुट्याएको छ। दुईपांग्रे सवारी साधनको एक घन्टाको २५ रुपैयाँ र चारपांग्रे सवारी साधनको ८० रुपैयाँ लिने गरिएको छ।










-1754206481.jpg)
