Kathmandu Press

भन्सार जाँचमा कडाइ गर्न अर्थमन्त्रीको निर्देशन 

उनले भने, ‘भन्सार र सुरक्षा निकायको महत्वपूर्ण भूमिका छ। भन्सारभन्दा बाहिरबाट प्रवेश गर्ने सम्भावनालाई सुरक्षा निकाय गम्भीर भएर लाग्नु पर्छ।’
भन्सार जाँचमा कडाइ गर्न अर्थमन्त्रीको निर्देशन 

काठमाडौं, साउन १८ : अर्थमन्त्री प्रकाशशरण महतले, भन्सार छलेर सामान भित्र्याउनेलाई कडा निगरानीमा राख्न निर्देशन दिएका छन्। वीरगन्ज भन्सार कार्यालय पर्साको अनुगमनका क्रममा उनले भन्सार कडाइमा गम्भीर भएर लाग्नु पर्ने बताएका हुन्। 

उनले भने, ‘भन्सार र सुरक्षा निकायको महत्वपूर्ण भूमिका छ। भन्सारभन्दा बाहिरबाट प्रवेश गर्ने सम्भावनालाई सुरक्षा निकाय गम्भीर भएर लाग्नु पर्छ।’

मुलुकको लागि आर्थिक स्रोत जुटाउने दायित्व अर्थ मन्त्रालयको भएको भन्दै उनले त्यसमा सबैभन्दा ठुलो भूमिका भन्सार र राजस्वकै भएको जिकिर गरे। 

‘स्रोत जुटाउने जिम्मेवारी अर्थ मन्त्रालयको हो र त्यसमा ८० प्रतिशतभन्दा बढि हामीले भन्सार र राजस्वबाट उठाउनु पर्छ। समग्र राजस्वको ४८ प्रतिशत भन्सारको योगदान छ र भन्सारको योगदानको ४० प्रतिशत वीरगन्जकाे दुईवटा कार्यालय मार्फत प्राप्त हुन्छ,’ उनले भने।

उनले थपे, ‘हामीले राजस्व प्राप्त गर्न सबैभन्दा ठूलो जिम्मेवारी दुईवटा कार्यालयलाई छ। वस्तु बजारमा आएको छैन भने ठिक छ तर आएर पनि राजस्व घट्यो भने हामीमाथि प्रश्न उठ्ने गर्छ। ’
 

प्रकाशित मिति: १५:५१ बजे, बिहीबार, साउन १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्