Kathmandu Press

इमर्जिङ टिम्स एसिया कपमा सहभागिता नेपाली क्रिकेट टोली फिर्ता

इमर्जिङ टिम्स एसिया कपमा सहभागिता नेपाली क्रिकेट टोली फिर्ता

काठमाडौं, साउन १८ : श्रीलंकामा इमर्जिङ टिम्स एसिया कपमा सहभागिता जनाएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।

बिहीबार स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा क्यानका पदाधिकारीले स्वागत गरेका थिए।

स्वदेश फर्किएपछि राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित पौडेलले राम्रो अनुभव हासिल भएको बताउनुभयो। अहिले नेपाली टीमले व्याटिङमा ध्यान दिनुपर्ने देखिएको उहाको भनाइ छ।

पछिल्लो अनुभवले आगामी एसिया कपमा धेरै मद्दत पुग्ने उहाको भनाइ छ। श्रीलंकामा रहदा नेपाली टीमले केहि अभ्यास खेल पनि खेलेको थियो। 

प्रकाशित मिति: १५:३४ बजे, बिहीबार, साउन १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्