कोरोना भाइरसबाट ७१ हजार बिरामी, १७७५ को मृत्यु
काठमाडौं, फागुन ५ : कोरोना भाइरसको संक्रमण अझै घटेको छैन। यसको संक्रमणबाट ७१ हजार बिरामी परेका छन्।
विश्व स्वास्थ्य संघ (डब्लूएचओ)का अनुसार,....

काठमाडौं, फागुन ५ : कोरोना भाइरसको संक्रमण अझै घटेको छैन। यसको संक्रमणबाट ७१ हजार बिरामी परेका छन्।
विश्व स्वास्थ्य संघ (डब्लूएचओ)का अनुसार, सोमबार बिहानसम्म चीनलगायत संसारका २७ देशमा कोरोना भाइरसको संक्रमणबाट बिरामी हुनेको संख्या ७१ हजार नाघेको हो। अधिकांश चीनमा रहेका छन्। आइतबार मात्रै थप एक हजार नौ सय ३३ जनामा संक्रमण देखिएको छ।
डब्लूएचओका अनुसार, चीनमा ७० हजार पाँच सय ४८ जनामा संक्रमण देखिएको छ। चीनबाहिर अन्य देशमा सात सय ७१ जनामा संक्रमण देखिएको हो।
त्यस्तै, कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पनि दिनदिनै बढिरहेको छ। आइतबार मात्रै थप एक सय पाँच जनाको मृत्यु भएको चीनको हुवाई प्रान्तीय सरकारले जनाएको छ। सोमबार बिहानसम्म एक हजार सात सय ७५ जनाको मृत्यु भएको जनाएको छ।
यसमध्ये पाँच जनाले मात्रै चीनबाहिर ज्यान गुमाएका छन्। एक हजार सात सय ७० जनाको चीनमै ज्यान गएको हो। यसमा ६ जना चिकित्सक पनि रहेका छन्। बिरामीको उपचारका क्रममा संक्रमित हुँदा उनीहरूको ज्यान गएको हो। उपचारका क्रममा एक हजार सात स्वास्थ्यकर्मी बिरामी परेका छन्।
कोरोना भाइरसको उपचार गरेर केही बिरामी निको पनि भएका छन्। चीनमा सोमबारसम्म १० हजार आठ सय ४४ जना निको भएर घर फर्केको चीनको स्वास्थ्य आयोगले जनाएको छ।
चीनमा रहेका आफ्ना नागरिकलाई विभिन्न देशले फिर्ता लगिरहेका छन्। वुहानमा रहेका एक सय ७५ जना नेपाललाई आइतबार फिर्ता लिइएको छ।
त्यस्तै, जापानले आफ्ना नागरिकलाई फिर्ता ल्याउन क्रम जारी राखेको छ। सोमबार बिहान मात्रै पाँच पटक चार्टर विमानले जापानी नागरिकलाई फिर्ता लगेको छ।
थाइल्यान्डबाट आएको पानीजहाजमा कोरोना भाइरसको संक्रमण देखिएपछि जापानले क्वारेन्टाइनमा राखेको छ। त्यसमा रहेका दुई सयभन्दा बढी जनामा संक्रमण देखिएको हो।
अमेरिकाले भने पानी जहाजमा रहेका आफ्ना नागरिकलाई समेत फिर्ता लगेको छ। त्यहाँ रहेका ४० जना अमेरिकी नागरिकमा संक्रमण देखिएको थियो। अन्य देशका करिब एक हजारभन्दा बढी यात्रु पानी जहाजमै रहेका छन्।

-1793171455.jpg)









![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)