Kathmandu Press

रियो दि जेनेरियोमा भएको आक्रमणमा नौ जनाको मृत्यु

भर्खरैका हिंसात्मक घटनाहरूका कारण कम्प्लेक्सो दा पेन्हामा आपराधिक समूहहरूलाई लक्षित गर्दे प्रहरी कारबाही तीव्र पारिएको हो। 
रियो दि जेनेरियोमा भएको आक्रमणमा नौ जनाको मृत्यु

रियो दि जेनेरियो, साउन १९ : रियो दि जेनेरियो शहर आसपास  प्रहरीले गरेको आक्रमणमा कम्तीमा नौ व्यक्तिको मृत्यु भएको अल जजीराले  जनाएको छ। 

भर्खरैका हिंसात्मक घटनाहरूका कारण कम्प्लेक्सो दा पेन्हामा आपराधिक समूहहरूलाई लक्षित गर्दे प्रहरी कारबाही तीव्र पारिएको हो। 

Hardik ivf

ब्राजिलमा पछिल्ला दिनहरूमा  यस्ता कारहबाहीलाई राजनीतिक समर्थनसहित  तीव्रता दिइएको छ। यद्यपि यस किसिमका कारबाहीमा प्रहरीले व्यापक बल प्रयोग गरेको भन्दै आलोचना पनि भएको छ। 

अल जजीराका अनुसार ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोले ( प्रहरी शक्तिको दुरुपयोगको चिन्तालई अस्वीकार गर्दै भनेका छन्, 'अपराधीहरू साङ्लोजस्तै मर्नुपर्छ।'

उनले ब्राजिलमा 'बुलेट लबी'लाई दृढतापूर्वक समर्थन समेत गरेका छन्। यहाँ यो शब्दावली राजनीतिक शक्तिहरूलाई वर्णन गर्न प्रयोग गरिन्छ जसको आशय बन्दुक, अपराध विरोधी कानून, र कानून प्रवर्तनमा बढेको पहुँचको पक्षमा एकजुट हुनुलाई बुझिन्छ।

प्रकाशित मिति: ११:२६ बजे, बिहीबार, साउन १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्