Kathmandu Press

रोटरी क्लबद्वारा कोलमतेश्वर धाममा वृक्षारोपण

रोटरी क्लब अफ रुद्रमति काठमाडौं, रोटरी क्लब अफ हिमालय गल्फर्स र कोलमतेश्वर मन्दिर बाटीका निर्माण समितिले संयुक्त रुपमा कोलमतेश्वर धाम प्राङ्गणमा वृक्षारोपण गरेका हुन्।
रोटरी क्लबद्वारा कोलमतेश्वर धाममा वृक्षारोपण

काठमाडौं, साउन १७ : कागेश्वरी मनोहरा नगरपालिकास्थित कोलमतेश्वर धाम प्राङ्गणमा वृक्षारोपण गरिएको छ।

रोटरी क्लब अफ रुद्रमति काठमाडौं, रोटरी क्लब अफ हिमालय गल्फर्स र कोलमतेश्वर मन्दिर बाटीका निर्माण समितिले संयुक्त रुपमा कोलमतेश्वर धाम प्राङ्गणमा वृक्षारोपण गरेका हुन्।

पारिजात, धुपी, लालुपाते लगायतका १५ भन्दा बढि जातिका ५०० वृक्षको रोपण गरिएको हो।

रोटरीले वातावरण संरक्षणलाई प्राथमिकता दिँदै आएको सन्दर्भमा नेपालमा पनि रोटरी क्लबहरुले वृक्षारोपण कार्यक्रम गर्दै आएका छन्। वृक्षारोपण कार्यक्रमलाई ग्रीन भ्याली ग्रीन नेपालको सहयोग रहेको थियो भने रोट्रयाक्ट क्लव अफ रुद्रमति, रोट्रयाक्ट क्लव अफ रुद्रमति बबरमहल र रोट्रयाक्ट क्लव अफ मनोहराले पनि सो वृक्षारोपण कार्यक्रममा सहभागिता थियो ।

कार्यक्रममा स्थानीय सरकारकी उपप्रमुख शान्ता थापा, वडा नं. ४ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, रोटरी क्लब अफ रुद्रमति काठमाडौंका अध्यक्ष रोटरियन धुब्र भट्टराई, पूर्वप्रधानसेनापति रोटरियन प्याराजंग थापालगायत रोटरियनहरु उपस्थित थिए।

प्रकाशित मिति: १९:४८ बजे, बुधबार, साउन १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्