Kathmandu Press

महराको अन्तिम फैसला आज आउने 

काठमाडौं, फागुन ५ : बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको सुनुवाई आइतबार नसकिएपछि हेर्दाहेर्दैमा राखे....

महराको अन्तिम फैसला आज आउने 

काठमाडौं, फागुन ५ : बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको सुनुवाई आइतबार नसकिएपछि हेर्दाहेर्दैमा राखेको छ।

आइतबार फैसला आउने भनिए पनि बहस ढिला सकिएका कारण हेर्दाहेर्दैमा राखिएको थियो। न्यायाधीश अमरराज पौडेलको इजालसले सोमबार (आज) फैसला गर्नेछ। आइतबार जिल्ला महराविरुद्धको मुद्दाको बहस भएको थियो। महराको पक्षमा वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, लव मैनाली, शेरबहादुर केसी, भिमार्जुन आचार्य, सविता भण्डारी बरालसँगै अधिवक्ताहरु दिनमणि पोखरेल, सुशील सापकोटा र मुरारी सापकोटाले बहस गरेका छन्।

संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरामाथि मुद्दा चलाइएको थियो। हाल उनी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन्। असोज १२ गते संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि उनले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए। उनी असोज १९ गते पक्राउ परेका थिए।

प्रकाशित मिति: ०८:२३ बजे, सोमबार, फागुन ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्