Kathmandu Press

मार्क जकरबर्गले गरे ‘हानिकारक सामग्री’बारे थप नियमको आह्वान 

काठमाडौं, फागुन ५ : फेसबुकका मालिक मार्क जकरबर्गले अनलाइनमा हानिकारक सामग्री नियन्त्रण गर्न थप नियमनको आह्वान गरेका छन्। फेसबुकजस्तो कम्पनीले कस्ता सा....

मार्क जकरबर्गले गरे ‘हानिकारक सामग्री’बारे थप नियमको आह्वान 

काठमाडौं, फागुन ५ : फेसबुकका मालिक मार्क जकरबर्गले अनलाइनमा हानिकारक सामग्री नियन्त्रण गर्न थप नियमनको आह्वान गरेका छन्। फेसबुकजस्तो कम्पनीले कस्ता सामग्रीलाई वैधानिक वाक स्वतन्त्रता मान्ने भन्ने बारे निर्क्योल गर्न नसक्ने उनले बताए ।

चीनको उदाहरण दिँदै जकरबर्गले धेरै कडा नियन्त्रण गरेमा त्यसले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन सक्ने चेतावनी पनि दिए । जर्मनीको म्युनिखमा आयोजित सुरक्षा सम्मेलनमा बोल्दै उनले उक्त टिप्पणी गरेका हुन्। गलत सूचनाको प्रवाह रोक्न फेसबुकजस्ता विशाल सामाजिक सञ्जाल कम्पनीमाथि दबाब बढिरहेको छ। खासगरि फेसबुकलाई राजनीतिक विज्ञापनसम्बन्धी उसको नीतिलाई लिएर चर्को आलोचना गरिएका छन्।

सन् २०१८ मा फेसबुकले अमेरिकामा राजनीतिक विज्ञापनसम्बन्धी नयाँ नीति जारी गर्‍यो र त्यसको एक वर्षपछि उसले संसारभरि लागु हुने गरि त्यस्ता नीति जारी गर्‍यो। ती नीतिबमोजिम त्यस्ता विज्ञापन प्रसार गर्न कसले पैसा तिर्‍यो भन्ने पनि खुलाउनुपर्छ अनि त्यो जानकारी सार्वजनिक रूपमा खोजी गर्न सकिने गरि सात वर्षसम्म राख्नुपर्छ। तर यो साता फेसबुकले त्यस्तो डेटाबेसमा सामाजिक सञ्जालका चर्चित व्यक्तिहरूले राख्ने प्रायोजित राजनीतिक पोस्ट नराख्ने बतायो।

साथै कम्पनीको वाक् स्वतन्त्रताको नीतिबमोजिम राजनीतिज्ञहरूले राख्ने गरेका हरेक पोस्टका वास्तविकता सधैँ परीक्षण गरिएका हुँदैनन्। जकरबर्गले सरकारहरूलाई सामाजिक सञ्जालका निम्ति नयाँ नियमन प्रणाली ल्याउन आह्वान गरे। त्यो टेलिकम तथा सञ्चार कम्पनीहरूका लागि विद्यमान नियमकै मिश्रण हुनुपर्ने उनको सुझाव थियो।

प्रकाशित मिति: ०७:३४ बजे, सोमबार, फागुन ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्