Kathmandu Press

महाराष्ट्रमा क्रेन भाँच्चिदा १७ मजदुरको मृत्यु

थाने जिल्लाको शाहपुर नजिक समृद्धि द्रुतमार्गको तेस्रो चरणको निर्माणको क्रममा पुलको स्ल्याबमा क्रेन खस्दा १७ को मृत्यु भएको हो । सो दुर्घटनामा तीन जना गम्भीर घाइते भएको बताइएको छ।
महाराष्ट्रमा क्रेन भाँच्चिदा १७ मजदुरको मृत्यु

नयाँदिल्ली, साउन १६ : महाराष्ट्रको थानेमा भारी यन्त्रलगायत निर्माण सामग्री उठाउन प्रयोग हुने क्रेन भाँच्चिदा १७ जना मजदुरको मृत्यु भएको छ।

थाने जिल्लाको शाहपुर नजिक समृद्धि द्रुतमार्गको तेस्रो चरणको निर्माणको क्रममा पुलको स्ल्याबमा क्रेन खस्दा १७ को मृत्यु भएको हो । सो दुर्घटनामा तीन जना गम्भीर घाइते भएको बताइएको छ।

Hardik ivf

सोमबार मध्यरातमा भएको दुर्घटनाका विषयमा छानविन गर्न मुख्यमन्त्री एकनाथ शिन्देले निर्देशन दिएका छन्। उनले मृतकका परिवारलाई राहतस्वरुप पाँच लाख प्रदान गर्ने घोषणा पनि गरेका छन् ।

स्वट्जरल्यान्डको एउटा कम्पनीले द्रुतमार्ग निर्माण गरिरहेको छ।

दुर्घटनाका बेला त्यहाँ ३० जना मजदूर काम गरिरहेका प्रत्यक्षदर्शीले बताएका छन्। तीव्र गतिमा भग्नावशेष पञ्छाउने र हराएकाको खोजी भइरहकेको छ ।

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाबाट आफू स्तब्ध भएको बताउँदै मृतकका परिवारजनमा समवेदना एवम् सहानुभूति व्यक्त गरेका छन्।

प्रधानमन्त्री मोदीले प्रधानमन्त्री सहायता कोषबाट मृतकका परिवारलाई जनही दुई लाख अनुदान सहयोग उपलव्ध गराउने तथा प्रत्येक घाइतेलाई ५० हजा प्रदान गर्ने घोषणा पनि गरेका छन्।

प्रकाशित मिति: १४:०५ बजे, मंगलबार, साउन १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्