Kathmandu Press

अघिल्लो आर्थिक वर्षमा १७ खर्ब बढीको वैदेशिक व्यापार

अघिल्लो आर्थिक वर्षमा १७ खर्ब बढीको वैदेशिक व्यापार

काठमाडौं, साउन १६ : अघिल्लो आर्थिक वर्ष २०७९/८०मा कूल रु १७ खर्ब ८६ अर्बको वैदेशिक व्यापार भएको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्तो जानकारी दिएको हो।

सिंहदरबारमा बसेको बैठकमा सचिव मधुकुमार मरासिनीले २०७९/८०मा कूल रु १७ खर्ब ८६ अर्बको वैदेशिक व्यापार भएको र जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६ दशमलव ६ प्रतिशतले कमी रहेको जानकारी दिए।

Hardik ivf

गत आर्थिक वर्षमा एक खर्ब ५७ अर्बको वस्तु निकासी भएको बताउँदै उनले नेपालको कूल निकासीमा २१ दशमवल ४ प्रतिशतले ह्रास आएको बताए।

‘व्यापार सन्तुलनका लागि व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना, २०७९ र नेपाल व्यापार एकीकृत रणनीति, २०८० को कार्यान्वयनको तयारी भइरहेको छ,’ सचिव मरासिनीले भने।

सचिव मरासिनीले चालू आर्थिक वर्षमा प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमको कार्यान्वयन, स्टार्ट अप उद्यम कर्जा कार्यक्रम, टिमुरे र चाँदनी दोधारा सुख्खा बन्दरगाह निर्माणमा तीव्रता दिइएको बताए।

बैठकमा मन्त्रालयले आर्थिक बर्ष २०७९÷८०मा सम्पादन भएका मुख्य कामहरु र भावी योजनाका बिषयमा समितिलाई जानकारी गराएको हो।

प्रकाशित मिति: १५:३० बजे, मंगलबार, साउन १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्