Kathmandu Press

विश्व बैंकले नेपाललाई १३ अर्ब ऋण र ५० करोड अनुदान दिने

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग मंगलवार भएको भेटमा विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले उक्त प्रतिबद्धता जनाएका हुन्।
विश्व बैंकले नेपाललाई १३ अर्ब ऋण र ५० करोड अनुदान दिने

काठमाडौं, १६ साउन : विश्व बैंकले आफ्नो नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि १३ अर्ब ऋण र ५० करोड रुपैयाँ बराबर अनुदान सहयोग दिने भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग मंगलवार भएको भेटमा विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले उक्त प्रतिबद्धता जनाएका हुन्।

जेरभोसले स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेकामा आगामी पाँच वर्षका लागि स्वास्थ्य क्षेत्रमा सहयोग गर्न एक सय मिलियन डलर (करिब १३ अर्ब २२ करोड रुपैयाँ ऋण सहायता तथा तीन दशमलव ८४ मिलियन अनुदान (करिब ५० करोड रुपैयाँ) दिने प्रतिबद्धता जनाएका छन्।

यसअघि विश्व बैंकले कोभिड–१९ महामारीका बेला पनि विभिन्न सहयोग गरेको थियो । स्वास्थ्यमन्त्री बस्नेतले नेपालको स्वास्थ्यलगायत क्षेत्रमा विश्व बैंकले गरिरहेको विभिन्न सहयोगको सराहना गरेका थिए । मन्त्री बस्नेतले आगामी दिनमा थप आर्थिक तथा प्राविधिक सहयोग गर्न आग्रह समेत गरेको जनाइएको छ ।

प्रकाशित मिति: १४:४६ बजे, मंगलबार, साउन १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्