हिल्सामा टेलिकमको फोर जी सेवा
टेलिकमले चीनसँग सीमा जोडिएको नाम्खा गाउपालिका वडा नम्बर ४ को इलिङ, ५ को नारा लेखमो पहिलो पटक फोर जीसहितको जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ।
हुम्ला, साउन १५ : हुम्लाको हिल्सामा पहिलो पटक नेपाल टेलिकमको फोर–जी सेवा सञ्चालनमा आएको छ। फोर–जी सेवा सञ्चालनपछि इन्टरनेटका लागि महँगो शुल्क तिर्नुपर्ने बाध्यताबाट स्थानीयले मुक्ति पाएका छन्।
टेलिकमले चीनसँग सीमा जोडिएको नाम्खा गाउपालिका वडा नम्बर ४ को इलिङ, ५ को नारा लेखमो पहिलो पटक फोर जीसहितको जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ।
गतसातादेखि हुम्लाको दुर्गम उत्तरी क्षेत्र यारी, मुचु, याल्वाङ, चाला र याङगारसहित हिल्सा नाकामा फोरजी सेवा सञ्चालन भएपछि चिनियाँ सिमकार्ड प्रयोग गर्दै आएका स्थानीयहरू नेपाल टेलिकमले फोरजीसहितको जीएसएम सेवा लिन पाउँदा खुसी छन्।
लामो समयदेखि टु–जी सेवा सञ्चालन हुँदै आएको टावरबाटै फोर–जी सेवा संचालन भएपछि इन्टरनेटका लागि सदरमुकाम आउनु पर्ने बाध्यता हटेको छ।
प्रकाशित मिति: १८:०९ बजे, सोमबार, साउन १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












