Kathmandu Press

झापा पुगेर प्रधानमन्त्री ओलीले भने, ‘सरकार ढाल्ने षड्यन्त्र भइरहेको छ’

झापा, फागुन ४ : सरकारले दुई वर्ष पूरा गरेको भोलिपल्ट गृहजिल्ला झापा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने षड्यन्त्र भइरहेको बताएका छन्।

झापाको दमकमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विकासको रफ्तार रोक्न एकल बहुमतवाला सरकारलाई पनि ढाल्ने षड्यन्त्र भएको दाबी गरेका हुन्। ओलीले आफू नेतृत्वको सरकारविरुद्ध विभिन्न शक्ति केन्द्र ढाल्ने षड्यन्त्रमा लागेको बताए। 

‘मुलुक विकासको रफ्तारलाई रोक्न सरकार ढाल्ने क्रियाकलाप जारी रहेको छ’ ओलीले भने। सरकार ढाल्ने षड्यन्त्र कसले गरिरहेको छ भन्ने विषय भने उनले खुलाएनन्। संविधानमा सरकार दुई वर्ष पुगेपछि मात्रै अविश्वासको प्रस्ताव संसदमा पेस गर्न सकिने व्यवस्था छ।

यसअघि ओली प्रधानमन्त्री हुनेबेला तत्कालीन एमाले र माओवादी केन्द्रबीच आधा–आधा समय सरकारको नेतृत्व गर्ने लिखित सहमति भएको थियो। केही महिनाअघि ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेको उक्त पत्र सार्वजनिक समेत भएको थियो।

प्रकाशित मिति: १९:४० बजे, आइतबार, फागुन ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्