पाकिस्तानमा शक्तिशाली विस्फोट, २० जनाको मृत्यु, ५० बढी घाइते
उत्तरपश्चिम क्षेत्र बाजुरमा कट्टरपन्थी राजनीतिक तथा मुस्लिम नेताका समर्थकहरूले गरेको ¥यालीमा विस्फोट हुँदा २० मृत्यु भएको छ।काठमाडौं, साउन १४ : पाकिस्तानमा शक्तिशाली बम विस्फोट भएको छ। उत्तरपश्चिम क्षेत्र बाजुरमा कट्टरपन्थी राजनीतिक तथा मुस्लिम नेताका समर्थकहरूले गरेको ¥यालीमा विस्फोट हुँदा २० मृत्यु भएको छ।
अफगानिस्तानसँग सीमा जोडिएको बाजुरमा भएको विस्फोटमा ५० जनाभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जमियत उलेमा इस्लाम–फजलका कार्यकर्ताले निकालेको र्यालीमा विस्फोटमा हुँदा मौलाना जमियत उलेमा इस्लाम–फजलका एक प्रभावशाली नेता मौलाना जिउल्लाह जानको मृत्यु भएको छ।
घटनापछि सो क्षेत्रमा कफ्र्यू लगाइएको छ भने सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ।
प्रकाशित मिति: १९:२४ बजे, आइतबार, साउन १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा यात्रु बसमा आक्रमण, ४१ जनाको मृत्युशुक्रबार, मंसिर ७, २०८१