भोलिका लागि सर्यो महराविरुद्धको मुद्दाको फैसला
काठमाडौं, फागुन ४ : बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको फैसला भोलिमात्रै आउने भएको छ।
....
काठमाडौं, फागुन ४ : बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको फैसला भोलिमात्रै आउने भएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजालसले फैसला लेखिसकेर समेत हेर्न नभ्याइनेमा राखेको हो। अब भोलि (सोमबार) मात्रै महराविरूद्धको मुद्दाको फैसला आउनेछ।
आइतबार जिल्ला महराविरुद्धको मुद्दाको बहस भएको थियो। महराको पक्षमा वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, लव मैनाली, शेरबहादुर केसी, भिमार्जुन आचार्य, सविता भण्डारी बरालसँगै अधिवक्ताहरु दिनमणि पोखरेल, सुशील सापकोटा र मुरारी सापकोटाले बहस गरेका छन्।
महरा पक्षका कानून व्यवसायीको बहसअघि सरकारी वकिलले बहस गरेका थिए। यदि उनी दोषी ठहरिए एक महिनापछि अर्को इजलासले एक महिनाभित्र सजाय तोक्नेछ।
असोज १२ गते संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि उनले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए। उनी असोज १९ गते पक्राउ परेका थिए। काठमाडौं जिल्ला अदालतले महरालाई पुर्पक्षमा राखेर अनुसन्धान गर्न दिएको आदेशसँगै डिल्लीबजार कारागारमा राखिएको थियो।

-1793171455.jpg)









![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)