आईपिएलमा सन्दीपको पहिलो खेल पञ्जावसँग, यस्तो छ खेल तालिका
काठमाडौं, फागुन ४ : विश्व फ्रेन्चाइज लिगको सबैभन्दा ठूलो प्रतियोगिता आईपिएलको नयाँ संस्करण मार्च २९ बाट सुरु हुँदैछ। भारतका विभिन्न ८ शहरमा हुने ....

काठमाडौं, फागुन ४ : विश्व फ्रेन्चाइज लिगको सबैभन्दा ठूलो प्रतियोगिता आईपिएलको नयाँ संस्करण मार्च २९ बाट सुरु हुँदैछ। भारतका विभिन्न ८ शहरमा हुने प्रतियोगिता ५० दिनसम्म चल्नेछ।
मुम्बईस्थित बन्खाडे स्टेडियमबाट सुरु हुने आईपिएलको १३ औं संस्करण २४ मार्चमा बन्खाडेमै सकिने छ। आईपिएलले लिग चरणका खेल तालिका सर्वाजनिक गरेको छ। डलब राउन्ड रोबिनका आधारमा हुने आईपिएलमा कुल ६० खेल हुनेछन्। जसमा लिग चरणमा ५६, प्लेअफमा ३ र फाइलन हुनेछ।
उद्घाटन खेलमा गत वर्षकै फाइलन लिस्ट मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स भिड्ने छन्। मे १७ मा मुम्बईले रोलय च्यालेन्जर्सं बैंग्लोरसँग उसकै मैदानमा खेलेसँगै आईपिएलको समूह चरण सकिने छ। आईपिएलले प्लेअफको तालिका भने सर्वाजनिक गरेको छैन।
नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेले पनि आईपिएल खेल्दै छन्। उनी लगतार तेस्रो सिजन दिल्ली क्यापिटल्सबाटै आईपिएल खेल्न लागेका हुन्। उनको टिम दिल्लीले घरेलु मैदानमा किंग्स इलावेन पन्जावसँग खेल्दै आईपिएलको सुरुवात गर्नेछ।
अघिल्लो सिजन प्लेअफमा पुगेको दिल्लीले यस पटक बलियो टिमका रुपमा रहेको छ। दिल्लीमा शिखर धवन, श्रेयस ऐयर, ऋषव पन्त, अन्जिका रहाने, रविचन्द्रन आविश्वनलगतय भारतीय खेलाडी छन् भने कागिसो रबाडा, एलेक्स क्यारी, मार्कस स्टोइनिस, जेसन रोए, सिम्रन हेटमेयर, क्रिस वोक्सलगायत विदेशी खेलाडी छन्।
आईपिएलमा दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, चेन्नलई सुपर किंग्स, सनराइजर्स हैदरावाद, कोलकाता नाइट राइडर्स, किंग्स इलावेन पञ्जाव, रोयल च्यालेन्जर्स बैंग्लोर र राजस्थान रोयल्स गरी ८ टिम छन्।
यस्तो छ खेल तालिका
मार्च २९ : मुम्बई भर्सेज चेन्नई (राति ८: १५ बजे)
मार्च ३० : दिल्ली भर्सेज पञ्जाव (राति ८: १५ बजे)
मार्च ३१ : बैंग्लोर भर्सेज कोलकाता (राति ८: १५ बजे)
अप्रिल १ : हैदरावाद भर्सेज मुम्बई (राति ८: १५ बजे)
अप्रिल २ : चेन्नई भर्सेज राजस्थान (राति ८: १५ बजे)
अप्रिल ३ : कोलकाता भर्सेज दिल्ली (राति ८:१५ बजे)
अप्रिल ४ : पञ्जाब भर्सेज हैदरावाद (राति ८:१५ बजे)
अप्रिल ५ : मुम्बई भर्सेज बैंग्लोर (दिउँसो ४:१५ बजे)
राजस्थान भर्सेज दिल्ली (राति ८:१५ बजे)
अप्रिल ६ : कोलकाता भर्सेज चेन्नाई (राति ८:१५ बजे)
अप्रिल ७ : बैंग्लोर भर्सेज हैदराबाद (राति ८:१५ बजे)
अप्रिल ८ : पञ्जाब भर्सेज मुम्बई (राति ८:१५ बजे)
अप्रिल ९ : राजस्थान भर्सेज कोलकाता (राति ८:१५ बजे)
अप्रिल १० : दिल्ली भर्सेज बैंग्लोर (राति ८:१५ बजे)
अप्रिल ११ : चेन्नाई भर्सेज पञ्जाब (राति ८:१५ बजे)
अप्रिल १२ :हैदराबाद भर्सेज राजस्थान (दिउँसो ४:१५ बजे)
कोलकाता भर्सेज मुम्बई (राति ८:१५ बजे)
अप्रिल १३ : दिल्ली भर्सेज चेन्नई (राति ८:१५ बजे)
अप्रिल १४ : पञ्जाब भर्सेज बैंग्लोर (राति ८:१५ बजे)
अप्रिल १५ : मुम्बई भर्सेज राजस्थान (राति ८:१५ बजे)
अप्रिल १६ : हैदराबाद भर्सेज कोलकाता (राति ८:१५ बजे)
अप्रिल १७ :पञ्जाब भर्सेज चेन्नाई (राति ८:१५ बजे)
अप्रिल १८ : बैंग्लोर भर्सेज राजस्थान (राति ८:१५ बजे)
अप्रिल १९ : दिल्ली भर्सेज कोलकाता (दिउँसो ४:१५ बजे)
चेन्नाई भर्सेज हैदराबाद (राति ८:१५ बजे)
अप्रिल २० : मुम्बई भर्सेज पञ्जाब (राति ८:१५ बजे)
अप्रिल २१ : राजस्थान भर्सेज हैदराबाद (राति ८:१५ बजे)
अप्रिल २२ : बैंग्लोर भर्सेज दिल्ली (राति ८:१५ बजे)
अप्रिल २३ : कोलकाता भर्सेज पञ्जाब (राति ८:१५ बजे)
अप्रिल २४ : चेन्नई भर्सेज मुम्बई (राति ८:१५ बजे)
अप्रिल २५ : राजस्थान भर्सेज बैंग्लोर (राति ८:१५ बजे)
अप्रिल २६ : पञ्जाब भर्सेज कोलकाता (दिउँसो ४:१५ बजे)
हैदराबाद भर्सेज दिल्ली (राति ८:१५ बजे)
अप्रिल २७ : चेन्नाई भर्सेज बैंग्लोर (राति ८:१५ बजे)
अप्रिल २८ : मुम्बई भर्सेज कोलकाता (राति ८:१५ बजे)
अप्रिल २९ : राजस्थान भर्सेज पञ्जाब (राति ८:१५ बजे)
अप्रिल ३० : हैदराबाद भर्सेज चेन्नई (राति ८:१५ बजे)
मे १ : मुम्बई भर्सेज दिल्ली (राति ८:१५ बजे)
मे २ : कोलकाता भर्सेज राजस्थान (राति ८:१५ बजे)
मे ३ : दिल्ली भर्सेज हैदराबाद (राति ८:१५ बजे)
मे ४ : राजस्थान भर्सेज चेन्नई (राति ८:१५ बजे)
मे ५ :हैदराबाद भर्सेज बैंग्लोर (राति ८:१५ बजे)
मे ६ :दिल्ली भर्सेज मुम्बई (राति ८:१५ बजे)
मे ७ : चेन्नई भर्सेज कोलकाता (राति ८:१५ बजे)
मे ८ : पञ्जाब भर्सेज राजस्थान (राति ८:१५ बजे)
मे ९ : मुम्बई भर्सेज हैदराबाद (राति ८:१५ बजे)
मे १० : चेन्नई भर्सेज दिल्ली (दिउँसो ४:१५ बजे)
कोलकाता भर्सेज बैंग्लोर (राति ८:१५ बजे)
मे ११ : राजस्थान भर्सेज मुम्बई (राति ८:१५ बजे)
मे १२ : हैदराबाद भर्सेज पञ्जाब (राति ८:१५ बजे)
मे १३ : दिल्ली भर्सेज राजस्थान (राति ८:१५ बजे)
मे १४ : बैंग्लोर भर्सेज चेन्नई (राति ८:१५ बजे)
मे १५ : कोलकाता भर्सेज हैदराबाद (राति ८:१५ बजे)
मे १६ : पञ्जाब भर्सेज दिल्ली (राति ८:१५ बजे)
मे १७ : बैंग्लोर भर्सेज मुम्बई (राति ८:१५ बजे)

-1793171455.jpg)









![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)