मध्य रसियाको समुद्री तटमा रुखले किचेर सात जनाको मत्यु
मारी एलका नागरिक रक्षा तथा जनसङ्ख्या संरक्षण समितिका प्रमुख अलेक्ज्याण्डर माल्किनका अनुसार आँधीमा परी घाइते भएका २२ जनालाई अस्पताल लगिएको छ। शनिबार साँझ ६ बजे उक्त घटना भएको हो।
काठमाडाैं, साउन १४ : रुसी गणतन्त्र मारी एलको समुद्र तटमा आँधीबेहरीमा परी तीन बालबालिका र चार जना वयस्कसहित सात जनाको मृत्यु भएको स्थानीय अधिकारीले आइतबार बताएका छन्। हुरीले ढालेका रुखले किचेर उनीहरूको ज्यानगएको हो।
मारी एलका नागरिक रक्षा तथा जनसङ्ख्या संरक्षण समितिका प्रमुख अलेक्ज्याण्डर माल्किनका अनुसार आँधीमा परी घाइते भएका २२ जनालाई अस्पताल लगिएको छ। शनिबार साँझ ६ बजे उक्त घटना भएको हो।
घटनास्थल मारी एल र छिमेकी टाटारस्तानका बासिन्दाहरूको लागि लोकप्रिय मनोरञ्जन स्थलल हो। हुरीले धेरै रुखहरू ढाल्दा समुद्र तटमा करिब पाँच सय कार र त्रिपालमा मानिसहरू बसेका थिए।
घटनास्थलमा उद्धारकर्ता, प्रहरी र रुसी आपतकालिन मन्त्रालयको हवाई समूह संलग्न छ। मारी एल मस्कोबाट छ सय ५० किलोमिटर पूर्वमा अवस्थित छ।
प्रकाशित मिति: १३:०८ बजे, आइतबार, साउन १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार