Kathmandu Press

कोरोना भाइरसले शरीरको कुन अंगमा असर गर्छ ?

काठमाडाैं, फागुन ४ : चीनको वुहान शहरबाट फैलिएको घातक कोरोना भाइरसका कारण चीनमा करिब एक हजार ६ सय व्यक्तिको मृत्यु भइसकेको छ।

राष्ट्रिय ....

कोरोना भाइरसले शरीरको कुन अंगमा असर गर्छ ?

काठमाडाैं, फागुन ४ : चीनको वुहान शहरबाट फैलिएको घातक कोरोना भाइरसका कारण चीनमा करिब एक हजार ६ सय व्यक्तिको मृत्यु भइसकेको छ।

राष्ट्रिय स्वास्थ्य आयोगको तथ्यांक अनुसार चीनमा शनिबारमात्र एक सय ४३ जनाको मृत्यु भयो। हालसम्म विश्वभर करिब ६७ हजार मानिसमा यसको संक्रमण देखिएको छ।

विश्वभर फैलिएको घातक रोग कोरोना भाइरसका कारण कसरी मानिसको मृत्यु हुन्छ र कुन अंगमा भाइरसले असर गरेको हुन्छ ? 

फोक्सोमा असर 

कोरोना भाइरस संक्रमणको सुरुवात र अन्त्य फोक्सोबाट हुन्छ । भाइरसको कारण सबैभन्दा पहिले श्वासप्रश्वासमा समस्या आएपछि मानिसको फोक्सो बिग्रन थाल्छ । फोक्सोका कोषमा भाइरसको संक्रमणले गर्दा सास फेर्न गाह्रो हुने समस्या देखापर्छ । 

आन्द्रामा समस्या 

यूनिभर्सिटी अफ मेरील्याड स्कुल अफ मेडिसियनका एसोसियट प्रोफ्सर मैथ्यू बी भन्छन्, कोरोना भाइरसको लक्षण सार्स र एमईआर भाइरससँग धेरै मिल्दोजुल्दो छ। दुवैले मानिसका सानो ठूलो आन्द्रामा असर गर्छ । काेराेना भाइरसले पनि मानिसको आन्द्रालाई खोक्रो बनाइरहेको छ । 

किडनीमा असर 

मृगौलाले शरीरमा रगत छान्ने काम गर्दछ । मानिसकाे मिर्गौला करीब आठ लाख माइक्रोस्पोरिक एकाइले भरिएको हुन्छ । चिकित्सकिय भाषामा यसलाई नेफ्रोन भनिन्छ। नेफ्रेनले रगत फिल्टर गर्छन् र पोषक तत्त्वहरू शरीरमा पुर्‍याउँछ । अनावश्यक तत्वहरु पिसाबको माध्यमबाट शरिर बाहिर पठाउँछ । कोरोना भाइरसले शरीरको उक्त भागलाई पनि नष्ट गर्दछ।

रक्तनली भन्दा बाहिर रक्तस्राव

कोलम्बिया विश्वविद्यालयका विषाणुविज्ञ तथा सहयोगी अनुसन्धान वैज्ञानिक एन्जेला रासमुसेनका अनुसार कोरोना भाइरसले शरीरको रक्त नलीहमा पनि असर गर्छ। यसको संक्रमणपछि रगत शरिरको नलीभन्दा बाहिरबाट बग्न थाल्छ । 

कलेजोमा असर

कोरोना भाइरस शरीरमा प्रवेश गरेपछि यसले बिस्तारै कलेजोलाई बिगार्न थाल्छ ।  कलेजोले मानिसको शरिरलाई सही रुपमा चलाउने कार्य गरेको हुन्छ । कोरोना भाइरसको उपचारमा संलग्न डाक्टर भन्छन, भाइरसको संक्रमण देखिएको बिरामीमा फेक्सो र कलेजो दुवैमा असर भएको पाइएको छ । कलेजो शरीरको पाचन प्रणालीको सबैभन्दा महत्त्वपूर्ण अंश हो। कलेजोले रगतबाट विषाक्त पदार्थहरू हटाउने काम गर्दछ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: १६:१९ बजे, आइतबार, फागुन ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्