Kathmandu Press

महराको मुद्दामा दुवै पक्षको बहस सकियो, फैसला भोलि आउने

काठमाडौं, फागुन ४ :  बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बहस सकिएको छ।

आइतबार जिल्ला....

महराको मुद्दामा दुवै पक्षको बहस सकियो, फैसला भोलि आउने
फाइल

काठमाडौं, फागुन ४ :  बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बहस सकिएको छ।

आइतबार जिल्ला अदालत काठमाडौंमा महराविरुद्धको मुद्दाको बहस सकिएको हो। महराको पक्षमा वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, लव मैनाली, शेरबहादुर केसी, भिमार्जुन आचार्य, सविता भण्डारी बरालसँगै अधिवक्ताहरु दिनमणि पोखरेल, सुशील सापकोटा र मुरारी सापकोटाले बहस गरेका छन्।

महरा पक्षका कानून व्यवसायीको बहसअघि सरकारी वकिलले बहस गरेका थिए। बहस सकिएसँगै न्यायाधीश अमरराज पौडेलको इजालसले फैसला गर्नेछ। यदि उनी दोषी ठहरिए एक महिनापछि अर्को इजलासले एक महिनाभित्र सजाय तोक्नेछ।

असोज १२ गते संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि उनले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए। उनी असोज १९ गते पक्राउ परेका थिए।

काठमाडाैं जिल्ला अदालतले महरालाई  पुर्पक्षमा राखेर अनुसन्धान गर्न दिएको आदेशसँगै डिल्लीबजार कारागारमा राखिएको थियो।

प्रकाशित मिति: १५:५९ बजे, आइतबार, फागुन ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्