Kathmandu Press

राजनीतिक विकृति मुख्य समस्या : नेता थकाली  

काठमाडौं, फागुन ४ : उपल्लो मुस्ताङको घिलिङ र घामीका विभिन्न विद्यालयमा विद्यार्थीहरुलाई ज्याकेट वितरण गरिएको छ।

नारायणी बोडिङ स्कुल चितवनका ....

राजनीतिक विकृति मुख्य समस्या : नेता थकाली  

काठमाडौं, फागुन ४ : उपल्लो मुस्ताङको घिलिङ र घामीका विभिन्न विद्यालयमा विद्यार्थीहरुलाई ज्याकेट वितरण गरिएको छ।

नारायणी बोडिङ स्कुल चितवनका पूर्व विद्यार्थीहरुले उपल्लो मुस्ताङका विद्यार्थीहरुलाई न्यानो ज्याकेट वितरण गरेका हुन्। एक कार्यक्रम गरी उपल्लो मुस्ताङका १६० जना विद्यार्थीलाई न्यानो कपडा (ज्याकेट) वितरण गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रोमी गौचन थकालीले मुस्ताङको विकासमा अहिलेका स–साना बालबालिकाहरूको योगदान भविष्यमा महत्वपूर्ण हुने बताए।

उनले बालबालिकाहरुलाई राजनीतिप्रति चित्त नदुखाउन आग्रह पनि गरे। थकालीले राजनीतिमा अहिले भएको पुस्ताले के गर्‍यो के, गरेन भन्ने आफ्नो ठाउँमा भएको बताउँदै नेपालमा राजनीतिक विकृतिका कारणले गर्दा समस्या भएको स्पष्ट पारे। नेता थकालीले राजनीतिमा मात्र नभई समाजमा पनि कमीकमजोरी भएको भन्दै त्यसलाई सुधार गरेर जान आवश्यक रहेको बताए।

उनले जनता सधैँ दास जस्तो भएर गाउँको ठालुले जहाँ भोट हाल भन्यो त्यहीँ भोट हाल्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए। नेता थकालीले विद्यार्थीका लागि शिक्षकहरू नै भगवान रहेको भन्दै शिक्षकले सिकाएको कुराहरू आत्मसात गर्न बालबालिकालाई आग्रह गरे।

प्रकाशित मिति: १५:०८ बजे, आइतबार, फागुन ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्